close

कोषका रकम रोक्का राख्न जिससलाई पत्र

कोषका रकम रोक्का राख्न जिससलाई पत्र

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्य कोषको रकम रोक्का राख्न देशभरका सबै जिल्ला समन्वय समितिहरूलाई परिपत्र गरेको छ ।


मन्त्रालयले साविकमा जिल्ला विकास समिति हुँदा स्थापना भएका विभिन्न कोषमा जम्मा भएको रकम कर्मचारी कल्याण कोषबाहेक अन्य कोषको रकम अर्को निर्णय नहुँदासम्म रोक्का राख्न देशभरका जिल्ला समन्वय समितिहरूलाई परिपत्र गरेको हो ।


महालेखा नियन्त्रकको कार्यालय कोष व्यवस्थापन तथा प्रणाली विकास शाखाको अनुरोधमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका जिल्ला समन्वय समितिलाई यस्तो अनुरोध गरेको हो ।