close

पूर्वका नगरलाई कोषको साथ, नक्कली बिरुवामा कसको हात ? (भिडियो खबर)

पूर्वका नगरलाई कोषको साथ, नक्कली बिरुवामा कसको हात ? (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍.................................................................................................................


१) नगर विकास कोषद्वारा विराटनगरमा प्रदेश १ का नगरपालिकाका प्रमुखहरूसँग नगरका योजनामा लगानी सम्भावनाबारे छलफल, सहुलियत ऋण उपलब्ध गराउन नगरप्रमुखहरूको माग ।

 

२) जुम्लाको कनकासुन्दरी गाउँपालिकाले किसानलाई ग्राफ्टिङबिनाका ओखरका बिरुवा वितरण गरेको खुलासा, बिरुवा खरिदमा बेहोरेको २५ प्रतिशत रकमसहित आवश्यक क्षतिपूर्ति तत्काल पाउनुपर्ने किसानको माग । 

 

३) नगरभित्र कोरोना संक्रमण फैलिन नदिन झापाको बिर्तामोड नगरपालिकाद्वारा साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय, बिर्तामोडमा हालसम्म ७०१ जनामा कोरोना संक्रमण पुष्टि । 


४) म्याग्दीको रघुगंगा गाउँपालिकाद्वारा कृषकलाई कृषि सामग्री र औजार वितरण, औजार र कृषि सामग्री पाउँदा किसान दंग ।

 

५) तनहुँको बन्दीपुर गाउँपालिलाई बाख्रापालन पकेट क्षेत्र बनाइँदै, बन्दीपुर–१ मा बाख्रा पकेट क्षेत्र कार्यक्रम सुरु भएपछि किसान उत्साहित ।

 

६) स्याङ्जाको गल्याङ नगरपालिकामा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता जारी, प्रतियोगितामा विद्यार्थीको सहभागिता ।


७)  कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधनको शोकमा पालिका र मातहतका कार्यालय बन्द, लम्कीचुहा नगरपालिकाले पनि दियो शोक बिदा ।

 

८) महोत्तरीको भंगहा नगरपालिकाबाट बेपत्ता भएका ७ जना किशोरीलाई प्रहरीले ग¥यो भारतको सीतामढीबाट उद्धार, किशोरीलाई लिन सीतामढी पुगे नगरप्रमुख सञ्जीवकुमार साह ।

 
९) चट्याङले क्षति पुर्‍याएको टेलिफोनको टावर मर्मत नहुँदा डोल्पाको मुड्केचुला गाउँपालिकाका नागरिक सञ्चार सेवाबाट वञ्चित, नेपाल टेलिकम क्षेत्रीय कार्यालय  नेपालगञ्जले मर्मतमा चासो देखाएन ।

 
१०) बैतडीको शिवनाथ गाउँपालिकाको नागार्जुन माविका छात्राहरू एक्कासि बेहोस हुन थाले, थप उपचारका लागि धनगढी पठाइयो ।


११) भक्तपुरको चाँगुनारायण नगरपालिकाद्वारा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली सुरु, जनप्रतिनिधि र कर्मचारीलाई अनुशिक्षण ।

 

१२) काठमाडौंको बालाजुमा सार्वजनिक शौचालयसहितको सूचना केन्द्र निर्माण हुने, केन्द्रको सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यद्वारा शिलान्यास ।


१३) तनहुँको व्यास नगरपालिकाद्वारा शिशुवा भतेरीमा बायोग्यास प्लान्ट निर्माण, निर्माणाधीन प्लान्टको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलसहितको टोलीद्वारा अवलोकन ।


१४) बर्दियाको ठाकुरबाबा नगरपालिकाद्वारा पशुपालक किसानलाई बाख्रा वितरण, बाख्रा स्रोत केन्द्र स्थापना गर्ने पालिकाको योजना ।


१५) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा अन्य कोषको रकम रोक्का राख्न देशभरका सबै जिल्ला समन्वय समितिलाई निर्देशन, मन्त्रालयले गर्‍यो परिपत्र ।


१६) अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाद्वारा सामुदायिक विद्यालयलाई स्यानिटरी प्याड हस्तान्तरण, विद्यालयले छात्राहरूलाई प्याड वितरण गर्ने ।


१७) गुल्मीको रेसुंगा नगरपालिकाले किशोरीलाई दियो आत्मरक्षासम्बन्धी तालिम, तालिममा ७२ जना किशोरीको सहभागिता ।


१८) बैतडीको शिवनाथ गाउँपालिकाले बनायो आफ्नै पाठ्यक्रम, स्थानीय पाठ्यक्रम तयार गर्ने शिवनाथ जिल्लाकै पहिलो स्थानीय तह ।


१९) भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिसँग नवलपरासीको सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालसहितको टोलीद्वारा भेट, भेटमा दुई नगरमा भइरहेका कामबारे अनुभव साटासाट ।


२०) वसन्तपुर क्षेत्र आसपासमा अनधिकृत रूपमा सञ्चालित पसल हटाउन पुरातत्व विभागलाई काठमाडौं महानगरपालिकाको ताकेता ।