close

सिदिङ्वामा अध्यक्षदेखि सदस्यसम्मलाई योजना छनोट अवसर

सिदिङ्वामा अध्यक्षदेखि सदस्यसम्मलाई योजना छनोट अवसर

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले अध्यक्ष, उपाध्यक्ष तथा कार्यपालिका सदस्य निर्दिष्ट कार्यक्रममार्फत २५ लाख रुपैयाँका कार्यक्रम विनियोजन गरेको छ ।


कार्यपालिका सदस्य निर्दिष्ट कार्यक्रममार्फत १५ लाख र अध्यक्ष–उपाध्यक्ष निर्दिष्ट कार्यक्रममार्फत १० लाख गरी २५ लाख रुपैयाँका योजना छनोट गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र सिग्देलले जानकारी दिए । 


अध्यक्ष–उपाध्यक्ष निर्दिष्ट कार्यक्रमबाट ३ वटा योजना छनोट भएका छन् । वडा नम्बर ७ सुरुम्खिमको खोपी तालखर्क–तिम्बुङ पोखरी मोटर बाटो निर्माणका लागि ५ लाख ५० हजार, वडा नम्बर ५ को अम्बिका आधारभूत विद्यालय चुम्बुङ लिम्बूदिन चेनगेट तथा सिँढी घेराबार १ लाख र वडा नम्बर १ कालीखोलाका पदम कार्कीको घरदेखि लोकुम्बा जाने मोटर बाटोका लागि ३ लाख ५० हजार रुपैयाँको योजना छनोट गरिएको छ ।


कार्यपालिका सदस्य निर्दिष्ट कार्यक्रममार्फत वडा नम्बर १ देखि वडा नम्बर ७ सम्मलाई खेलकुद प्रतियोगिता सञ्चालन वा खेल सामग्री खरिदका लागि प्रतिवडा ७० हजारका दरले ४ लाख ९० हजार, वडा नम्बर ३ आङ्खोपको सेमेन्चोङ भवनका लागि १ लाख ५० हजार र पालिकाभित्रका सबै वडाका १–१ जना युवा उद्यमीको भ्रमणका लागि १ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ ।


यस्तै, वडा नम्बर १ कालीखोलाको जालपा आधारभूत विद्यालय, वडा नम्बर ५ लिम्बूदिनको जनता आधारभूत विद्यालय र वडा नम्बर ३ आङखोपको आङ्गेपा आधारभूत विद्यालयको फर्निचर निर्माण तथा वडा नम्बर ७ सुरुम्खिमको स्वास्थ्य चौकीको औषधी खरिदका लागि जनही ५० हजार रुपैयाँका दरले रकम विनियोजन गरिएको छ ।


वडा नम्बर २ सादेवाको सिंहेश्वरी माविको फर्निचर निर्माणका लागि १ लाख, वडा नम्बर ६ मेहेलेस्थित खुवा आधारभूत विद्यालयको घेराबारका लागि २ लाख ५० हजार, वडा नम्बर ६ मेहेलेका गुमानसिंहको घरदेखि खेक्लेबुङ जाने मोटर बाटो निर्माणमा सहयोग ५० हजार र वडा नम्बर ६ मेहलेकै महिला भवनदेखि मूल गल्ली जाने मोटर बाटो निर्माणका लागि १ लाख ५० हजार गरी १५ लाख रुपैयाँका योजना छनोट गरिएका छन् ।