close

पुराना बस्तीमा ढुंगा बिछ्याउँदै सूर्यविनायक

पुराना बस्तीमा ढुंगा बिछ्याउँदै सूर्यविनायक

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले पुराना बस्तीमा ढुंगा बिछ्याउन सुरु गरेको छ । नगरपालिकाको वडा नम्बर १ स्थित सिरुटारको धन्सार टोलमा ढुंगा बिछ्याउन थालिएको हो ।


वडाध्यक्ष सानुकाजी कायस्थका अनुसार करिब २ सय मिटरको बाटोमा ढुंगा बिछ्याइनेछ । नेवार बस्तीको बसोबास रहेको टोलमा सम्पदा संरक्षण र प्रवद्र्धन गर्न ढुंगा बिछ्याउन लागेको उनले बताए । 


उनका अनुसार सडक टिकाउन गुणस्तरीय ढुंगाको प्रयोग गरिनेछ । सडकका दुवैतिर पर्खाल लगाइएको छ । सडकमा रहेका धारा तथा ढलको पाइप व्यवस्थापन गर्न स्थानीयले समेत सहयोग गर्दै आएका छन् । 


‘आगामी आर्थिक वर्षमा काम सम्पन्न गर्ने योजना बनाएका छौँ । २ सय मिटर सडकबाट ५० घरधुरी प्रभावित हुनेछन्’, वडाध्यक्ष कायस्थले भने । 


नगरपालिका उपप्रमुख जुना बस्नेतले पुराना बस्तीमा सम्पदा संरक्षण भएसँगै पर्यटकलाई थप आकर्षित गर्न सकिने विश्वास व्यक्त गरिन् । इँटा बिछ्याइएको सडक जीर्ण हुँदै गएको थियो । ढुंगा बिछ्याउन थालेपछि स्थानीय खुसी छन् ।