close

ललितपुरमा गजल प्रतियोगिता 

ललितपुरमा गजल प्रतियोगिता 

Trulli
ADVERTISEMENT

ललितपुर– १५५औँ मोती जयन्तीको अवसर परेर गोदावरी साहित्य परिषद् र गजल मञ्च ललितपुरको संयुक्त आयोजनामा  जिल्लाव्यापी गजल लेखन प्रतियोगिता आयोजना गरिएको छ । 

प्रतियोगिताका विजयीलाई आज एक समारोहबीच पुरस्कार प्रदान गरियो । नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ डा. देवी नेपाल सहितको निर्णायक समितिले निर्णय गरी नतिजा आयोजकलाई उपलब्ध गराएको थियो । 

प्रतियोगितामा सहभागी कुल ५२ जना गजलकारहरूका गजलहरूमध्येबाट छानिएका उत्कृष्ट १० गजल तथा  त्यस मध्येबाट पनि  प्रथम, द्वितीय, तृतीय र प्रोत्साहन २ जना गरी पाँच जना गजलकारलाई नगद पुरस्कार प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिता संयोजक तथा गजल मञ्च ललितपुरका अध्यक्ष नवराज सञ्जेलले जानकारी दिए ।