close

मुसीकोटको तेस्रो राष्ट्रपति रनिङ सिल्ड: त्रिभुवन माविलाई उपाधि

मुसीकोटको तेस्रो राष्ट्रपति रनिङ सिल्ड: त्रिभुवन माविलाई उपाधि

Trulli
ADVERTISEMENT

गुल्मी(मुसीकोट)- गुल्मीको मुसीकोट नगरपालिकाले आयोजना गरेको नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता समापन भएको छ । १५, १६ र १७ चैतसम्म चलेको प्रतियोगिता नगरपालिकाको वडा नम्बर ४ स्थित ग्वादिकाचौरको खेल मैदानमा सञ्चालन गरिएको थियो ।

 

मुसीकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले विजेता तथा सहभागी टिमलाई पुरस्कार वितरण गरेका थिए ।

 

नगरपालिकाभित्रका १५ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा त्रिभुवन मावि कुर्घा प्रथम, नेपाल राष्ट्रिय मावि इन्द्रेगौँडा दोस्रो र महेन्द्र आदर्श नमुना मावि वामिटक्सार तृतीय स्थान हासिल गर्न सफल भए ।


प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो भएका टिमलाई सिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कारबाट सम्मानित गरियो । १०० र २०० मिटर छात्रछात्रा दौड, भलिबल, कपर्दी, हाइजम्प, लङजम्प, त्रिपल जम्पलगायत खेल सञ्चालन गरिएका थिए । 

 

कार्यक्रममा नगर उपप्रमुख कमला शर्मा, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न शाखाका प्रमुख, विद्यालयका प्रधानाध्यापकलगायत उपस्थित थिए ।