close

सिदिङ्वामा योजनाको होड, नागार्जुनमा डोजर रोक (भिडियो खबर)

सिदिङ्वामा योजनाको होड, नागार्जुनमा डोजर रोक (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍.................................................................................................................

१) खोटाङको खोटेहाङ गाउँपालिकाका मेलमिलापकर्ताको क्षमता अभिवृद्धिका लागि पुनर्ताजगी तालिम सुरु, तालिममा मेलमिलापकर्ता, न्यायिक समितिका पदाधिकारी र वडाध्यक्षहरूको सहभागिता ।


२) हुम्लाको अदानचुली गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकबाट  भुक्तानी गर्ने, लाभग्राहीले आ–आफ्नो विवरण पञ्जीकरण शाखामा बुझाउनुपर्ने ।

 

३) बाजुराको जगन्नाथ गाँउपालिकामा ई–पुस्तकालय स्थापना, अब पालिकाले विद्यालयमा पनि पुस्तकालय स्थापना गर्ने ।


४) काभ्रेको नमोबुद्ध नगरपालिकाको नवौँ नगरसभा सम्पन्न, सभाद्वारा इँटा उद्योग व्यवस्थापन वार्ता समितिलाई अधिकार प्रत्यायोजन गरेसँगै टोलीले काम थाल्यो ।

 

५) १० हजार फूलका बिरुवा उत्पादन गर्दै मकवानपुरको हेटौँडा उपमहानगरपालिका, बजार क्षेत्र र आसपासका सडक पेटीमा फूलैफूलले ढकमक्क पार्ने योजना ।

 

६) नुवाकोटको शिवपुरी गाउँपालिकामा १८ चैतदेखि अन्तरपालिका स्तरीय शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता जारी, प्रतियोगितामा जिल्लाका १२ वटा स्थानीय तहको सहभागिता ।


७)  फोहोर विसर्जनमा अवरोध भएपछि काठमाडौँ महानगरपालिका र नुवाकोटको सिसडोल ल्यान्डफिल्ड साइटका प्रभावित स्थानीयसहित ककनी गाउँपालिका र धादिङको धुनिबेँसी नगरपालिकाका जनप्रतिनिधिबीच छलफल, माग सम्बोधन गर्न महानगरपालिका तयार ।


८) गण्डकी प्रदेशसभाअन्तर्गतको अर्थ तथा विकास समितिबाट म्याग्दी जिल्लामा सञ्चालित विकास आयोजनाको स्थलगत अनुगमन सुरु, निर्माण व्यवसायी र जनप्रतिनिधिसँग छलफल ।


९) ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष तथा कार्यपालिका सदस्य निर्दिष्ट कार्यक्रममार्फत २५ लाख रुपैयाँको कार्यक्रम विनियोजन, अब हुने भए विभिन्न काम ।

 

१०) चितवनको माडी नगरपालिकाद्वारा कक्षा १ मा ‘हाम्रो माडी’ नामक स्थानीय पाठ्यक्रम लागू, पाठ्यपुस्तकभित्र हाम्रा जनप्रतिनिधिदेखि बानी–व्यवहारसम्मका सामग्री समावेश ।

 

११) भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा पुराना बस्तीमा ढुंगा बिछ्याउन सुरु, ढुंगा बिछ्याउन थालेपछि स्थानीय खुसी ।


१२) नवलपुरको बौदीकाली गाउँपालिकाले विभिन्न प्रविधिक पदमा खुलायो विज्ञापन, इच्छुकले १५ दिनभित्र पालिकाका दरखास्त बुझाउनुपर्ने ।


१३) कपिलवस्तुको वाणगंगा नगरपालिकाको आयोजनामा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन विषयक चार दिने कार्याशाला जारी, कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीको सहभागिता ।


१४) काभ्रेको पनौती नगरपालिकामा छाडा कुकुरको स्थायी बन्ध्याकरण र खोप शिविर सञ्चालन, शिविर २३ चैतसम्म चल्ने ।


१५) उदयपुरको कटारी नगरपालिकाले ४५ दिने झोला बनाउने तालिम दिने, इच्छुकले २ वैशाखसम्म नगरपालिकामा आवेदन दिनुपर्ने ।


१६) सर्लाहीको कौडेना गाउँपालिकामा समावेशी अपांगता सहायता कक्ष स्थापना, अपांगता भएकालाई सहायता कक्षले टेवा पुग्ने ।


१७) तनहुँको शुक्लागण्डकी नगरपालिका–८ को आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न, शिविरबाट वडाबासी लाभान्वित ।


१८) बाँकेको राप्ती सोनारी गाउँपालिका–३ मा पालिकाको खर्चमा एक हजार तीन सय घरधुरीमा विद्युत् विस्तार, बिजुली पुगेपछि गाउँमा खुसीयाली ।

 

१९) भारत सरकारको सहयोगमा चितवनको खैरहनी नगरपालिका–७ मा सुविधासम्पन्न विद्यालय भवन निर्माण, भारतीय दूतावासका महावाणिज्यदूत नितेश कुमार र खैरहनी नगरपालिका–७ का वडाध्यक्ष मेनेजर चौधरीले गरे भवनको संयुक्त उद्घाटन ।
 


२०) वायु प्रदूषण बढेपछि काठमाडौंको नागार्जुन नगरपालिकाको नगर कार्यपालिका बैठकद्वारा नगर क्षेत्रभित्र डोजर सञ्चालमा रोक ।