close

कपिलवस्तुमा हात्तीपाइलेविरुद्धको औषधी 

कपिलवस्तुमा हात्तीपाइलेविरुद्धको औषधी 

Trulli
ADVERTISEMENT

कपिलवस्तु– तराई मधेसका जिल्लामा लामखुट्टेबाट फैलिने रोगको जोखिम बढिरहेको छ । डेंगुु, हात्तीपाइले, मलेरियाजस्ता रोगबाट तराईका जिल्ला धेरै प्रभावित छन् ।

 

जोखिम धेरै रहे पनि स्थानीयको लापरबाहीले लामखुट्टेबाट सर्ने रोगको संक्रमण फैलिन सम्भावना उत्तिकै छ । कपिलवस्तुका नागरिकले हात्तीपाइले रोगको औषधी नखाइदिँदा सबैभन्दा बढी रोगी भएको देशकै पहिलो जिल्ला भएको छ । 

 

हात्तीपाइले रोग निवारण गर्न २० चैतमा १३औँ पटक औषधी खुवाइने भएको छ । देशभरिका १२ जिल्लासँगै कपिलवस्तुमा पनी २० चैतदेखि सबै पालिकामा औषधी खुवाइन थालिएको हो ।

 

जिल्ला स्वास्थ्य कार्यालयले पालिकामार्फत सबै पालिकामा हात्तीपाइले रोगविरुद्धको खुवाइने जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए ।


२ वर्षभन्दा माथि उमेर समूहका सबै नागरिकले अनिवार्य औषधी खानुपर्ने गरी हरेक वडामा एउटा केन्द्रमार्फत औषधी वितरण हुनेछ । छुटेकालाई घरमै पुगेर औषधी खुवाइनेछ ।

 

जिल्लामा यो वर्ष ५ लाख ७४ हजार ५ सय ७० जनालाई औषधी खुवाउने लक्ष्य छ । गत वर्ष कुल संख्याको ८५ प्रतिशतलाई खुवाउने लक्ष्य भए पनि ८२ प्रतिशतले मात्र औषधी सेवन गरेका थिए ।

 

कपिलवस्तुमा हात्तीपाइले रोग निवारण अभियान १३ वर्षदेखि चल्दै आएको छ । सबैले औषधी सेवन नगर्दा जिल्लाबाट संकलन भएका नमुनामा १२.५ प्रतिशतमा हात्तीपाइले देखिएको छ ।

 

यस वर्ष स्थानीय सरकारलाई अझ बढी क्रियाशिल बनाई लक्ष्य पूरा गरिने जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत उदयचन्द्र चौरासियाले बताए । 

 

कपिलवस्तुमा मात्र ५८९ जनामा हात्तीपाइले रोगका बिरामी भेटिएका छन् । विश्वभरिका ७० भन्दा बढी देशमा हात्तीपाइले निवारण हुन सकेको छैन । यी देशमा १ अर्ब ४० करोड बढी मानिस हात्तीपाइलेको संक्रमणमा परेका छन् ।

 

विश्व स्वास्थ्य संगठनले सन् २०२० भित्र विश्वबाट हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । सबैले औषधी सेवन नगर्दा रोग उन्मूलन हुन नसकेको प्राथमिक स्थास्थ्य केन्द्र हर्नामपुरका डा. गंगाराम यादवले बताए ।