close

पसल व्यवसायीको भेला: पारदर्शी व्यवसाय गर्न नगरप्रमुखको सुझाव

पसल व्यवसायीको भेला: पारदर्शी व्यवसाय गर्न नगरप्रमुखको सुझाव

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिकाले नगरभित्र रहेका पसल व्यवसायीको भेला गरेको छ । भेलामा भक्तपुरद्वारा गठित बजार अनुगमन समितिबाट भए÷गरेका विविध गतिविधिबारे छलफल भएको छ ।

 

भेलामा नगरप्रमुख सुनील प्रजापतिले व्यवसाय अगाडि बढाउन आर्थिक अनुशासन र पारदर्शिताको मुख्य हुने हुँदा सोहीअनुसार गर्न उनले व्यवसायीलाई सुझाए ।

 

नगरपालिकाले आत्मनिर्भरतामा जोड दिँदै आइरहेकाले नागरिकलाई आफ्नो अधिकार र कर्तव्यबारे सचेत पार्दै बदमासी गर्नेलाई सजायको भागीदार बनाइने दाबी गरे । 

 

भेलामा वडा नम्बर ३ का वडाध्यक्ष एवं बजार अनुगमन समिति संयोजक राजकृष्ण गोराले पसल व्यवसायी भेलाको मुख्य उद्देश्य व्यवसायी र उपभोक्तालाई समयमै सचेत पारी स्वस्थ प्रतिस्पर्धामा जाने वातावरण निर्माण गर्नु रहेको जानकारी दिए । पसल तथा व्यवसाय सञ्चालन गर्दा दर्ता तथा नवीकरण गर्नु अपरिहार्य भएको उनले उल्लेख गरे ।

 

भेलामा बजार अनुगमन समितिका सदस्यद्वय वडाध्यक्ष हरिराम सुवाल र कार्यपालिका सदस्य रोशनमैया सुवालले बजार अनुगमनमा व्यवसायीले लापरबाही गरेको पाइएको हुँदा नगरपालिकाले तिनलाई सचेत पार्ने काम गर्दै आएको, स्थानीय सामग्रीलाई बढी प्राथमिकतामा राख्दै आएको र भक्तपुरलाई सभ्य र सुसंस्कृत बनाउन नगरबासी व्यवसायीको महत्त्वपूर्ण योगदान रहने धारणा राखे ।