close

जगन्नाथमा ई–पुस्तकालय

जगन्नाथमा ई–पुस्तकालय

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको जगन्नाथ गाँउपालिकामा ई–पुस्तकालय जडान गरिएको छ । पालिकाको केन्द्र जुड्डीमा विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र साझा शिक्षा ई–पाटीको प्राविधिक सहयोगमा ई–पुस्तकालय जडान गरिएको हो ।

 

साझा शिक्षा ई–पार्टीका तर्फबाट शिशिर पाण्डे र वसन्त श्रेष्ठले कार्यपालिका बैठकमा पुस्तकालय सञ्चालन र प्रयोगबारे जानकारी गराउनुका साथै गाउँपालिकालाई पुस्तकालयको सामान हस्तान्तरण गरे । 

 

पुस्तकालयलाई ७ हजार ५ सय ६५, अडियो संग्रह २ हजार ८ सय १९, भिडियो संग्रह १ हजार ५ सय ११ र लेखक संग्रह ४ हजार ८७ वटा वितरण गरियो ।

 

पुस्तकालयमा पाठकको रुचिअनुसार साहित्य, विषयगत सामग्री, शिक्षण सामग्री, सन्दर्भ–सामग्री र पत्रपत्रिका राखिएका छन । उक्त ई–पुस्तकालय शिक्षाकेन्द्रित पुस्तकालय हो ।

 

दस्तावेज, किताब, पत्रपत्रिका, अडियो, भिडियोलगायत साझा शिक्षा ई–पाटीद्वारा निर्मित राष्ट्रिय पाठ्यक्रममा आधारित अन्तत्र्रिmया ई–पाठ्य क्रियाकलापसमेत समावेश गरिएको छ ।

 

प्रयोगकर्ताले ई–पुस्तकालयमा रहेका सामग्रीलाई इन्टरनेटको माध्यमबाट खोलेर अध्ययन गर्न, भिडियो हेर्न र अडियो पुस्तक सुन्न सकिने प्रधानमन्त्री रोजगार संयोजक लक्ष्मण जोशीले बताए ।
 
ई–पुस्तकालयमा नेपाली र अंग्रेजी भाषाका संग्रहका साथै नेपालभित्र बोलिने अन्य राष्ट्रिय भाषाका सामग्रीसमेत राखिएका छन् । पढन, अभ्यास गर्न, सुन्न र भिडियो हेर्न चाहने पाठकले आफ्नो मोबाइल र कम्प्युुटरको जुनसुकै ब्राउजरबाट पनि सेवा लिन सकिने संयोजक जोशीले जानकारी दिए ।

 

आगामी दिनमा पालिकाभित्रका अन्य विद्यालयमा पनि उक्त पुस्तकालय विस्तार गरिने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत विनोदप्रसाद गैरेले जानकारी दिए ।