close

भ्रष्टाचारमा फसे धमला, उद्यमी बनाउन कार्यशाला (भिडियो खबर)

भ्रष्टाचारमा फसे धमला, उद्यमी बनाउन कार्यशाला (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍.................................................................................................................


१) उदयपुरगढी गाउँपालिकाको दुर्गम पाँच गाउँमा बल्ल पुग्यो बिजुली, बत्ती बाल्न पाउँदा स्थानीय दंग ।

 

२) म्याग्दीको बेनी नगरपालिकाले पञ्चवर्षीय आवधिक रणनीतिक योजना बनाउने प्रक्रिया अघि बढायो, योजनालाई आधार मानेर पालिकाले बजेट, नीति तथा कार्यक्रम ल्याउने ।
 
३) ललितपुर महानगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत ५० वर्ष उमेर पुगेका शिक्षकले स्वेच्छिक अवकाश लिन पाउने, शिक्षकहरूले अवकाश लिन चाहे महानगरले विभिन्न सेवा–सुविधा प्रदान गर्ने शिक्षा महाशाखाको निर्णय ।

 

४) मोरङको पथरी शनिश्चरे नगरपालिकामा हात्तीपाइले रोगविरुद्धको औषधी सेवन कार्यक्रम सुरु, २७ चैतसम्म स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंमसेविकाले घरघरमा पुगेर औषधी सेवन गराउने ।

 

५) खोटाङको हलेसी तुवाचुङ नगरपालिकाद्वारा महिलालाई मकैको खोसेलाबाट उपयोगी सामग्री उत्पादनसम्बन्धी एक महिने तालिम सुरु, तालिममा ३० महिलाको सहभागिता ।

 

६) हुम्लाको ताजाकोट गाउँपालिकाले सडकको विस्तारका लागि पाँच करोड रुपैयाँ खर्च गर्ने, विस्तार गरिने सडकको कुल लम्बाइ २८ किलोमिटर हुने ।

 

७) कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका मानव बेचबिखन, ओसारपसार तथा नियन्त्रणमा सक्रिय, नगरप्रमुख वीरबहादुर सुनारको संयोजकत्वमा १३ सदस्यीय समिति गठन ।

 

८) स्याङ्जाको वालिङ नगरपालिकाको आयोजनामा एकदिने पशु स्वास्थ्यशिविर सम्पन्न, शिविरबाट पशुपालक किसान लाभान्वित ।

 

९) सल्यानको बागचौर नगरपालिका–५ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रले सेवा थाल्यो, केन्द्रको नगरप्रमुख  लोकमान बुढाथोकीले गरे उद्घाटन ।

 

१०) ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले विद्यालय तहका विद्यार्थीको सहभागितामा ४ वैशाखमा अन्तरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता गर्ने, सहभागिताका लागि सबै स्थानीय तहलाई पत्राचार ।


११) सिन्धुलीमा जनगणनाको पूर्वतयारीका विषयमा जिल्लास्तरीय सचेतना गोष्ठी सम्पन्न, कार्यक्रममा जनप्रतिनिधि र अन्य निकायका प्रतिनिधिहरूको सहभागिता ।

 

१२) कोरोना महामारी फेरि फैलिन सुरु गरेपछि देशभरका स्थानीय तह कोरोना नियन्त्रणमा सक्रिय, स्वास्थ्य सतर्कता बढाइयो ।

 

१३) गुल्मीको मुसीकोट नगरपालिकाको आयोजनामा जनप्रतिनिधि तथा कर्मचारीका लागि क्षमता विकाससम्बन्धी तीनदिने तालिम जारी, तालिका २१ चैतसम्म चल्ने ।


१४) उदयपुरको कटारी नगरपालिकाले बेरोजगार युवायुवतीलाई रोजगार बनाउने उद्देश्यले ४५ दिने झोला बनाउने तालिम सञ्चालन गर्ने, इच्छुकले २ वैशाखसम्म पालिकामा आवेदन दिनुपर्ने  ।

 

१५) काभ्रेको पनौती नगरपालिकामा छाडा कुकुरको स्थायी बन्ध्याकरण र खोप शिविर सञ्चालन, शिविर २३ चैतसम्म चल्ने ।

 

१६) तनहुँको आँबुखैरेनी, ऋषिङ, घिरिङ र म्याग्दे गाउँपालिकाका भूमिहीनको तथ्यांक संकलन गर्न सुरु, घरदैलोमा खटिए लगत संकलक ।
 
१७) पोखरी निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियारद्वारा मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर,  पोखरी निर्माण नगरी प्रतिवेदन तयार गरेको आरोप ।

 

१८) नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीय र काठमाडौं महानगरपालिकाविच सहमती, प्रभावित क्षेत्रका ५१ जना शिक्षकको अस्थायी दरबन्दीका लागि महानगरपालिकाले तत्कालका लागि खर्च बेहोर्ने ।

 

१९) कपिलवस्तुको वाणगंगा नगरपालिकाको आयोजनामा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन विषयक चारदिने कार्याशाला जारी, कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीको सहभागिता ।

 

२०) र, ६४औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा काभ्रेको पनौती नगरपालिकाद्वारा प्राणनाथ माइती वृद्धाश्रम र सहारा ज्येष्ठ नागरिक केन्द्रलाई नगदसहित विभिन्न सामग्री प्रदान ।