close

भक्तपुरले दियो प्रशिक्षार्थीलाई प्रमाणपत्र

भक्तपुरले दियो प्रशिक्षार्थीलाई प्रमाणपत्र

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरकी सम्झना कपाली उद्यमी बन्न पाउने भएपछि दंग छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ४ महिने आधारभूत सिलाई तालिममा सहभागी उनले अब सिलाइ पसल राख्ने बताइन् । 

 

‘तालिममा बच्चादेखि सबैले लगाउने कपडा सिलाउन सिकेँ । अब त आफैँ सिलाउन सक्छु,’ उनले भनिन्, ‘पहिले सिलाइ सिक्ने धेरै कोसिस गरेँ तर पारिवारिक व्यस्तताले गर्न सकिनँ । अब भने पसैले राख्छु ।’ 

 

उनीसँगै नगरभित्र अरू पनि सिलाइ तालिममा सहभागी भएसँगै उद्यमी बन्न पाउने भएपछि दंग छन् । पालिकाको आयोजनामा ४ महिने बुटिक, ३ महिने उन्नत र ४ महिने आधारभूत सिलाइ तालिम सम्पन्न भएको छ । 

 

तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीलाई नगर प्रमुख सुनील प्रजापतिले प्रमाणपत्र वितरण गरे । प्रजापतिले नगरपालिकाले दिएको सीपमार्फत कुनै पनि स्थानीय बेरोजगार भएर बस्नु नपर्ने दाबी गरे । 

 

‘सीप सिकेर त्यसको प्रयोग गर्दै आधुनिक र मौलिक प्रविधिको मिश्रण गर्न सके मात्र व्यवसाय अगाडि बढाउन सहज हुन्छ’, प्रमुख प्रजापतिले भने ।

 

उपप्रमुख रजनी जोशीले भक्तपुर शैक्षिक रूपले अगाडि बढेकै कारण यहाँका नागरिक शिक्षित र जागरुक भएको दाबी गरिन् । उनले महिलालाई आरक्षणभन्दा पनि हातमा सीप र अवसर दिनु आवश्यक रहेकाले नगरपालिकाले महिला लक्षित कार्यक्रममार्फत सीपमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिइन् ।

 

नगर प्रमुख प्रजापतिले ४ महिने बुटिक तालिमका १५ जना, ३ महिने उन्नत सिलाइका १३ जना र ४ महिने आधारभूत सिलाइका १६ गरी ४४ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरे ।