close

प्रविधिमैत्री बने शुद्धोधनका माध्यमिक तह 

प्रविधिमैत्री बने शुद्धोधनका माध्यमिक तह 

Trulli
ADVERTISEMENT

कपिलवस्तु– कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले माध्यमिक तहका विद्यालयलाई प्रविधिमैत्री बनाएको छ ।

पालिकाका ७ मध्ये ५ वटा माध्यमिक विद्यालयमा सफ्टवेयर जडान गरिएको हो । बाँकी २ विद्यालयमा कम्प्युटर नभएकाले सफ्टवयेर जडान नगरिएको हो ।

शैक्षिक व्यवस्थापन, लेखा व्यवस्थापन, प्रशासन तथा पुस्तकालय, जिन्सीलगायत शाखालाई प्रविधिमय बनाउन सफ्टवेयर लागू गरेको गाउँपालिका शिक्षा शाखा प्रमुख धनीप्रसाद शर्माले बताए । 

आगामी वर्षमा बाँकी रहेका २ विद्यालयमा कम्प्युटर उपलब्ध गराई र आधारभूत तहका कम्प्युटर भएका विद्यालयमा थप गरिनेछ । प्रविधि जडान भएपछि विद्यार्थीको डाटा व्यवस्थापन, डाटा स्टोरेजजस्ता महत्त्वपूर्ण कार्यसमेत कम्प्युटरका माध्यमबाट गरिने हुँदा काम गर्न सजिलो हुनेछ ।

विद्यार्थीहरूको लब्धांक, स्थानान्तरण पत्र, चारित्रिक प्रमाणपत्र, विद्यालयको लेखा व्यवस्थापन, परीक्षा व्यवस्थापन, ग्रेड सिट, मार्कसिट तयार पार्नेजस्ता काम कम्प्युटरबाटै हुने भएपछि सहज भएको पूर्णकेशर माविका प्रधानाध्यापक लीला खनालले जानकारी दिए । 

दक्ष कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिले बनाएको सफ्टवेयरले विद्यार्थी, शिक्षक, कर्मचारीको डेटा व्यवस्थापन, डेटा प्रशोधन र आवश्यक रिपोर्ट तयार पार्न सक्नेछन् ।

नियमित गर्नुपर्ने परीक्षा सञ्चालनदेखि नतिजा प्रकाशनसम्मका सबै काम कम्प्युटर माध्यमबाट गर्न सकिनेछ । 

अनलाइन माध्यममा काम हुने भएकाले गाउँपालिकाबाट अनुगमन गर्न सकिने सफ्टवेयर विकासकर्ता भानु मरासिनीले बताए ।