close

अन्तरविद्यालय वक्तृत्वकला गर्दै सिरिजंघा

अन्तरविद्यालय वक्तृत्वकला गर्दै सिरिजंघा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– पालिकास्तरीय विद्यार्थीको वाक पटुता मापनका लागि ताप्लेजुङको सिरिजं्घा गाउँपालिकाले अन्तरपालिका अन्तरमावि वक्तृवकला प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।


नयाँ वर्ष अवसर पारेर आउँदो ४ वैशाखामा प्रतियोगिता आयोजना गर्न लागिएको सिरिजंघा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । 


उनका अनुसार प्रतियोगितामा विद्यार्थी सहभागिताका लागि सबै स्थानीय तहलाई पत्राचार गरिएको छ । पालिका क्षेत्रभित्रका प्रत्येक माध्यमिक विद्यालयबाट १÷१ जना सहभागी हुने गरी सबै पालिकामा पत्राचार गरिएको घिमिरेले बताए ।


नेपालको संविधानले परिलक्षित गरेको शासकीय प्रणालीसँग सम्बन्धित मुख्य–मुख्य विषयवस्तु वरपर रहेर वक्तृत्वकला प्रतियोगिता गरिनेछ ।


विषयवस्तु छनोटदेखि लिएर त्यसको अन्तिम मूल्यांकनसम्मको कार्यका लागि ताप्लेजुङ जिल्ला बाहिरका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा १ जना शिक्षा अधिकृत र १ जना नेपाली विषय अध्यापन गराउने शिक्षकलाई जिम्मेवारी दिइनेछ ।


प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुनेले नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र पाउनेछन् । प्रत्येक माध्यमिक विद्यालयबाट कार्यक्रममा सहभागिता जनाउन आउने–जाने १–१ जना विद्यार्थीलाई यातायात, आवास तथा खाना खर्चको व्यवस्थासमेत गाउँपालिकाबाटै मिलाइने सिरिजंघाले घोषणा गरेको छ । 


आतेजाते अवधिमा खाना÷खाजाबापत प्रतिव्यक्ति १ हजार रुपैयाँका दरले प्रत्येक विद्यार्थीलाई रकम उपलब्ध गराइनेछ ।