close

रघुगंगाको ३३ प्रतिशत बजेट खर्च 

रघुगंगाको ३३ प्रतिशत बजेट खर्च 

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिकाले चालू आर्थिक वर्ष २०७७/७८ को करिब ९ महिने अवधिमा कुल ३३ प्रतिशत बजेट खर्च गरेको छ । 

 

कुल ४२ करोड २६ लाख ८९ हजार ९८७ रुपैयाँ बजेट विनियोजन गरेको रघुगंगाले साउनदेखि चैत दोस्रो सातासम्म १३ करोड ९० लाख २६ हजार १३९ खर्च गरेको हो । यो सामाजिक सुरक्षा भत्ताबाहेकको बजेट हो । 


पुँजीगततर्फ १३ करोड ८९ लाख ९४ हजार ७३८ मध्ये २३.३३ प्रतिशत अथवा ३ करोड २४ लाख ३० हजार ११० रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । 


चालूतर्फ २८ करोड ३६ लाख ९५ हजार २४० रुपैयाँ विनियोजन भएकामा १० करोड ६५ लाख ९६ हजार अथवा ३७.५७ प्रतिशत खर्च भएको छ । पुँजीगत शीर्षकको बजेट विकास आयोजना तथा कार्यक्रममा परिचालन हुन्छ । चालू बजेट तलब भत्ता, प्रशासनिक काममा खर्च हुन्छ । 


ससर्त बजेट पनि चालूतर्फ नै राखिएको हुन्छ । पूर्वाधारतर्फ ११० वटा योजना बनाएको रघुगंगाले ७० वटा योजनाको सम्झौता गरेको छ । मर्मतका १० बाहेक २३ वटा योजना निर्माण सकिएको छ । तीन वटा झोलुंगे पुल निर्माणाधीन छन् । 


गाउँपालिकाको केन्द्र मौवाफाँटमा बहुउद्देश्यीय सभाहल र गलेश्वर-मौवाफाँट सडक ठेक्कामार्फत कार्यान्वयनमा लगिएको छ । झिँ-पाखापानी सडक कालोपत्रे गर्न ठेक्का आह्वान गरिएको छ । 

 

सडक निर्माण, स्तरोन्नति, खानेपानी, सिँचाइ, भवन, खेलमैदान, पहिरो रोकथाम, पदमार्ग निर्माणसम्बन्धी योजना धेरै छन् । काम सकिएका योजनाको प्राबिधिक नापजाँच, अनुगमनसँगै भुक्तानी प्रक्रियामा रहेकाले चैतदेखि बजेट खर्चको दर बढ्ने प्रशासकीय अधिकृत सुवेदीले बताए ।