close

पोषण सुधार योजना बनाउँदै बेनी 

पोषण सुधार योजना बनाउँदै बेनी 

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले बहुक्षेत्रीय पोषण योजना बनाउन लागेको छ ।

 

बेनी नगरपालिका र बहुक्षेत्रीय पोषण कार्यक्रमको आयोजनामा पोषण, स्वास्थ्य, सरसफाइको अवस्था सुधारका लागि योजना बनाउन सरोकारवालाबीच छलफल भएको छ । 

 

नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी र स्वास्थ्यसँग सम्बन्धित संस्थाका प्रतिनिधि सहभागी थिए । 

 

बहुक्षेत्रीय पोेषण कार्यक्रममा प्रदेश नीति तथा योजना आयोग पोखराकी प्रदेश संयोजक पवित्रा सापकोटाले पोषणको अवस्था, समस्या र सुधारका लागि गर्नुपर्ने विषयमा अभिमुखीकरण गरेकी थिइन् । नगरबासीको षोषण सुधारका लागि योजना बनाउन छलफल गरिएको नगरपालिकाले जनाएको छ ।

 

गर्भवती, सुत्केरी, २ वर्षभित्रका बच्चा र तिनका आमाका लागि पोषणयुक्त खानपान, सरसफाइ, स्वास्थ्य परीक्षण, खोप लगाउनेलगायत विषयमा प्राथमिकता दिने नगरपालिकाले बताएको छ ।