close

भक्तपुरमा महिला लक्षित स्वास्थ्य शिविर

भक्तपुरमा महिला लक्षित स्वास्थ्य शिविर

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिकाको आयोजनामा वडा नम्बर २ व्यासीमा १ दिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर सञ्चालन भएको छ ।

 

महिलाको स्वास्थ्य समस्या दृष्टिगत गरी नगरपालिकाले स्तन क्यान्सर र पाठेघर क्यान्सर शिविर सञ्चालन गरेको हो । 

 

शिविर उद्घाटन गर्दै नगरप्रमुख सुनील प्रजापतिले क्यान्सर उपचार निकै महँगो भएका कारण समयमै यो रोगको पहिचानका नगरपालिकाले नगरका सबै वडामा निःशुल्क परीक्षण शिविर सञ्चालन गर्दै आएको जानकारी दिए ।


    
रोगले व्यक्तिमा शारीरिक र मानसिक असर पु¥याउने हुँदा समयमै आफूसँग रोग भए÷नभएको परीक्षण गरिरहन नगरबासी उनले आग्रह गरे ।


वडा नम्बर २ का वडाध्यक्ष हरिप्रसाद वासुकलाका अनुसार नगरपालिकाले गरिब जनतालाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर, शैक्षिक ऋण तथा छात्रवृत्ति, कृषि प्राविधिक तालिम, घरदैलो नर्सिङ सेवालगायतमा जोड दिँदै आएको छ । जाँचका कारण महिलाहरू सम्भावित रोगबाट बच्न सक्ने उनको भनाइ छ ।