close

कृषकलाई जताततै लाभ, भानुको चोरीमा कसको हात ? (भिडियाे खबर)

कृषकलाई जताततै लाभ, भानुको चोरीमा कसको हात ? (भिडियाे खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) बझाङको दुर्गाथली गाउँपालिकामा रहेको चौधारी माध्यमिक विद्यालयमा पढाइ नभएको भन्दै विद्यार्थीले गरे तालाबन्दी, पठनपाठन थप प्रभावित ।


२) सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा बालमन्दिर प्राविका दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, सामग्री पाउँदा विद्यार्थी दंग ।


३) तनहुँको व्यास नगरपालिकाद्वारा व्यवसायको कर व्यवस्थापनका लागि समिति गठन, वडा नम्बर २ का वडाध्यक्ष काशीराम श्रेष्ठको संयोजकत्वमा बन्यो समिति ।


४) सामान चोरेको आरोप लागेपछि तनहुँको भानु नगरपालिकाका कर्मचारीले ठप्प पारे कार्यालयको कामकाज, सेवाग्राही मारमा ।


५) कञ्चनपुरको वेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्रको कार्यले गति लियो, प्राविधिक टोलीले जनप्रतिनिधिलगायतसँग गर्‍यो छलफल ।


६) गुल्मीको गुल्मीदरबार गाउँपालिका आर्थिक वर्ष २०७६/७७ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन सार्वजनिक गर्ने बन्यो लुम्बिनी प्रदेशमै पहिलो स्थानीय तह, चालू वर्ष पनि उत्कृष्ट हुन जुट्यो गाउँपालिका ।


७) सिन्धुलीको कमलामाई नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण गर्ने, इच्छुक कृषकले ५ वैशाखसम्म पालिकामा सम्पर्क गर्नुपर्ने ।

 

८) बाँकेको नरैनापुर र जुम्लाको तीला गाउँपालिकाका अग्निपीडितद्वारा आफूहरूको उचित व्यवस्थापन गर्न सरकारसँग माग, पीडित खुला आकाशमुनि बस्न बाध्य ।


९) स्याङ्जाको आँधीखोला गाउँपालिकाले ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा र प्लास्टिक टनेल वितरण गर्ने, इच्छुक कृषकले १० वैशाखभित्र पालिकाको कृषि शाखा वा वडा कार्यालयमा निवेदन दिनुपर्ने ।


१०) काभ्रेको नमोबुद्ध नगरपालिकाको आयोजनामा खुला पुरुष भलिबल तथा विद्यालयस्तरीय छात्रा भलिबल प्रतियोगिता जारी, प्रतियोगिता २४ चैतसम्म चल्ने ।


११) कोरोना संक्रमण फैलिन सक्ने भन्दै भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा यस वर्ष पनि स्थगित, सरकारले जारी गरेको मापदण्ड उल्लंघन गर्नेलाई कारबाही हुने ।


१२) मुगुको सोरु गाउँपालिकाले करारमा चिकित्सक, स्टाफ नर्स र कार्यालय सहयोगी भर्ना गर्ने, इच्छुकले पालिकामा १५ दिनभित्र दरखास्त बुझाउनुपर्ने ।


१३) म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिमाना तिराउने,  टिपेमा ५ हजार जरिमाना ।


१४) खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको आयोजनामा महिलालाई मकैको खोसेलाबाट उपयोगी सामग्री उत्पादनसम्बन्धी एक महिने तालिम सुरु, तालिममा ३० महिलाको सहभागिता ।


१५) कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका मानव बेचबिखन, ओसारपसार तथा नियन्त्रणमा सक्रिय, नगरप्रमुख वीरबहादुर सुनारको संयोजकत्वमा १३ सदस्यीय समिति गठन । 


१६) कोरोना महामारी फेरि फैलिन सुरु गरेपछि देशभरका स्थानीय तह कोरोना नियन्त्रणमा सक्रिय, स्वास्थ्य सतर्कता बढाइयो, काठमाडौंमा मास्क नलगाए एक सय रुपैयाँ जरिमाना ।


१७) तनहुँको आँबुखैरेनी, ऋषिङ, घिरिङ र म्याग्दे गाउँपालिकामा भूमिहीनको तथ्यांक संकलन गर्ने काम जारी, घरघरमा लगत संकलक परिचालन ।


१८) कपिलवस्तुको शिवराज नगरपालिकाको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न, आँखाका बिरामीले घर नजिकै पाए स्वास्थ्य सेवा ।


१९) दोलखाको गौरीशंकर गाउँपालिकाको आयोजनामा तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जारी, प्रतियोगितामा विद्यार्थीको सहभागिता ।


२०) काभ्रेको पनौती नगरपालिकामा छाडा कुकुरको स्थायी बन्ध्याकरण र खोप शिविर सम्पन्न ।