close

महिलाको पाठेघर क्यान्सरको निःशुल्क परीक्षण गर्दै कटारी

महिलाको पाठेघर क्यान्सरको निःशुल्क परीक्षण गर्दै कटारी

Trulli
ADVERTISEMENT

उदयपुर(कटारी)- उदयपुरको कटारी नगरपालिकाले नगरका सबै वडाका महिलाको पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्याको स्वास्थ्य परीक्षण सुरु गरेको छ ।

 

नगरपालिका उपमेयर भीमकुमारी राउतका अनुसार नगरका १४ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी महिलाको पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्या भए-नभएको पत्ता लगाउन शिविर चलाइनेछ ।

 

नगरपालिकाको आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गरी शिविर सुरु गरिएको उपमेयर राउतले बताइन् । शिविरमा स्वास्थ्य परीक्षण गर्न कटारी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजकुमार गजमेरको नेतृत्वमा स्वास्थ्यकर्मी खटिएका छन् । 

 

परीक्षणबाट गम्भीर खाले क्यान्सर तथा आङ खस्ने समस्या देखिए नगरपालिकाले समन्वय गरी उपचारमा सघाउने उपमेयर राउतले जानकारी दिइन् । ‘अवस्था हेरेर उपचारमा सहयोग गर्नेछौँ’, राउतले भनिन्, ‘पछिल्लो समय महिलालाई यो रोगले सताइरहेको छ ।’

 

उपमेयर राउत आफैं शिविरमा खटिएकी छन् । मंगलबार १० नम्बर र बुधबार ९ नम्बर वडामा शिविर सम्पन्न भइसकेको छ ।