close

लैंगिक हिंसामा परेकाको तथ्यांक संकलन गर्दै राप्ती

लैंगिक हिंसामा परेकाको तथ्यांक संकलन गर्दै राप्ती

Trulli
ADVERTISEMENT

दाङ– दाङको राप्ती गाउँपालिकाले लैंगिक हिंसामा परेका नागरिकलाई न्याय दिलाउने उद्देश्यले तथ्यांक लिन सुरु गरेको छ । 

 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राप्तीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको संयुक्त पहलमा घरधुरी सर्वेक्षणमार्फत तथ्यांक लिन थालिएको हो । गाउँपालिकाका ९ वटै बडामा निगरानी समूह, महिला समूहद्वारा लैंगिक हिंसामा परेका नागरिकको तथ्यांक लिने काम सुरु गरिएको छ । 


तथ्यांक लिने काम अन्तिम चरणमा पुगेको र पीडितको अवस्थाको आधारमा कानुनी उपचार वा परामर्श दिन लैंगिक हिंसामा परेका नागरिकको तथ्यांक लिइएको राप्ती गाउँपालिका न्यायिक समिति संयोजक तथा उपाध्यक्ष जगदम्बाकुमारी चौधरीले जानकारी दिइन् ।


सेफ हाउस सञ्चालनमा

न्यायिक समिति संयोजक तथा उपाध्यक्ष चौधरीले गाउँपालिकाले माहुरी होम संस्थासँगको समन्वयमा लैंगिक हिंसापीडितलाई सुरक्षित राख्न सेफ हाउससमेत सञ्चालन गरेको बताइन् । 


सेफ हाउस अवलोकनका क्रममा उपाध्यक्ष चौधरी, वडा नम्बर ४ का वडाध्यक्ष विष्णुबहादुर घर्ती जिसीले समाजमा हुने हिंसामा परेर पीडित भएको अवस्थामा नजिकैको निगरानी समूह, वडा कार्यालय, गाउँपालिका, प्रहरी चौकीको सम्पर्कमा आउनसमेत सबै पीडितलाई अनुरोध गरे ।राप्तीको वडा नम्बर ४ मौरीघाटमा सेफ हाउस सञ्चालनमा ल्याइएको छ ।