close

आगलागीपीडितलाई गाउँपालिकाको राहत 

आगलागीपीडितलाई गाउँपालिकाको राहत 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगलागी र हावाहुरीपीडितलाई राहत वितरण गरेको छ । 

 

जंगलमा लागेको डढेलो गाउँ पस्दा घर गुमाएका दिप्रुङ चुइचुम्मा वडा नम्बर २ ओख्रे डाँडागाउँका नैनबहादुर विश्वकर्मा र हावाहुरीबाटपीडित वडा नम्बर १ याम्खा खामडाँडाका अर्जुन भुजेललाई राहत प्रदान गरिएको हो ।

 

गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले आगलागीपीडित विश्वकर्मालाई ३५ हजार र हावाहुरीपीडितलाई २० हजार रुपैयाँ राहत प्रदान गरेका हुन् । प्रकोपपीडितलाई घरैमा पुगेर राहत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । 

 

बालुङ सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा विश्वकर्माको २१ चैतमा घर जलेको थियो । ढुंगामाटोको ३ तले घर जल्दा उनको करिब साढे ७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी चौकी याम्खाले जनाएको छ ।

 

घर जलेपछि नैनबबहादुरका ७ जना परिवारको विचल्ली भएको छ । यस्तै, १७ चैतको हावाहुरीले भुजेलको घरको छाना उडाएको थियो ।