close

नगरले तालिम दिएपछि अटोरिक्सा हुइँकाउँदै कटारीका महिला 

नगरले तालिम दिएपछि अटोरिक्सा हुइँकाउँदै कटारीका महिला 

Trulli
ADVERTISEMENT

उदयपुर(कटारी)- उदयपुरको कटारी नगरपालिकाले ५ नम्बर वडाका १२ जना महिलालाई अटो रिक्सा चालक बनाएको छ । नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रममार्फत २५ दिने अटो रिक्सा ड्राइभिङ तालिम दिएर १२ महिलालाई अटो रिक्सा चलाउन सिकाएको हो ।

 

घरपरिवार चलाउन सहज होस् भन्ने उद्देश्यले गाउँमै अटोरिक्सा चलाउन सक्ने उद्यमी तयार गर्न उनीहरूलाई नगरपालिकाले तालिम दिएको हो ।

 

तालिमबाट अटो चलाउन सक्ने भएको बताउँदै सहभागी कटारी वडा नम्बर ५ की सरिता विकले अब हातमा सिप थपिएको बताइन् । बिहे गरेर घरपरिवार चलाउँदै आएका महिलालाई तालिम दिइएको हो । 

 

तालिम समापन गर्दै उपप्रमुख भीमकुमारी राउतले सीपलाई स्वरोजगारीमा ल्याउन आग्रह गरिन् । सवारी चालक अनुमतिपत्रका लागि सम्बन्धित कार्यालयसँग पनि नगरपालिकाले समन्वय गर्ने उनले जानकारी दिइन् ।

 

तालिम समापनमा सहभागी महिला चालकले उपप्रमुखलाई अटोमा राखेर घुमाएका थिए । वडा नम्बर ५ का वडा सदस्य वीरबहादुर तामाङ्गले सहभागीलाई दुर्घटनाको समेत जोखिम हुने भएकाले आगामी दिनमा सचेत भएर सवारी चलाउन आग्रह गरे ।

 

थोरै लगानीमा पनि अटो रिक्सा लिएर गाउँघरमै बसेर स्वरोजगार हुन सक्ने भएपछि अटो रिक्सामा महिलाको समेत आकर्षण बढ्दै गएको छ ।