close

नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी सर्‍यो

नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी सर्‍यो

Trulli
ADVERTISEMENT

काठमाडौं- आउँदो २७ र २८ चैतमा आयोजना गर्ने भनिएकोे चौथो नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीको मिति सरेको छ । कोरोना संक्रमण बढेपछि चैतमा हुने भनिएको प्रदर्शनी आउँदो भदाैमा  १८ देखि २३मा सरेको हो ।

 

छिमेकी मुलुकमा कोभिड-१९ संक्रमित बढ्ने क्रममा रहेकाले स्वास्थ्य मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको अनुरोधलाई दृष्टिगत गरी अन्तर्राष्ट्रिय प्रदर्शनीको मिति परिवर्तन गर्नुपरेको आयोजकले बताएको हो ।

 

प्रदर्शनीमा भाग लिन आउने स्वदेशी तथा विदेशी कम्पनी एवं देशका विभिन्न स्थानबाट अवलोकन गर्न आउनेलाई पर्न सक्ने स्वास्थ्य एवं आउजाउ समस्यालाई लक्षित गरेर मिति सारिएको आयोजकको भनाइ छ ।