close

फोहोर मैला व्यवस्थापनमा जुट्यो पालुङटार

फोहोर मैला व्यवस्थापनमा जुट्यो पालुङटार

Trulli
ADVERTISEMENT

गोरखा(पालुङटार)- गोरखाको पालुङटार नगरपालिकाको वडा नम्बर ३ स्थित गिद्देखोला फाँटमा फोहोरमैला व्यवस्थापन परियोजनाको उद्घाटन गरिएको छ ।

 

व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ५ का वडाध्यक्ष दीपक पाण्डे सहभागी कार्यक्रममा नगर प्रमुख ई. दीपकबाबु कँडेलले परियोजना उद्घाटन गरे । नगरपालिकाको आयोजना र छाया नेपालको सहकार्यमा उक्त परियोजना निर्माण गरिएको हो ।

 

नगर प्रमुख कँडेलले हरेक नागरिकलाई आफ्नो घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याएर फोहोर व्यवस्थापनमा सहयोग गर्न अपिल गरे । सबैको हातेमालो भए मात्र सुन्दर र सफा पालुङटार बनाउन सकिने उनको भनाइ छ ।

 

‘सहरीकरण उन्मुख हुँदै गरेको नगरपालिकामा भविष्यलाई समेत दृष्टिगत गरेर फोहोरमैला प्रशोधन केन्द्र स्थापना गरेका हौँ,’ उनले भने ।


फोहोरमैला व्यवस्थापनका लागि वडा नम्बर ३ स्थित फोहोरमैला प्रशोधन केन्द्र निर्माणका लागि नगरपालिकाले २२ लाख रुपैयाँमा जग्गा खरिद गरी छाया नेपालसँगको साझेदारीमा करिब ३५ लाख खर्चिएर केन्द्र स्थापना गरिएको छ ।

 

कार्यक्रममा उपप्रमुख पम्फा बसेल, प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा, वडाध्यक्ष दीपक पाण्डे, कावा अध्यक्ष दिलेन्द्र देवकोटा, छाया नेपालका प्रतिनिधि कमल थापा र राम महर्जन उपस्थित थिए ।