close

खोटेहाङमा राष्ट्रपति रनिङ सिल्डकाे स्पर्धा

खोटेहाङमा राष्ट्रपति रनिङ सिल्डकाे स्पर्धा

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको खोटेहाङ गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा भगवती दिनानाथ माविको संयोजनमा खोटाङ बजारमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना गरिएको हो ।

 

सोमबार र मंगलबार आयोजना गरिएको प्रतियोगिताअन्तर्गत छात्रा भलिबलमा सिमपानी मावि प्रथम र सप्तकन्या मावि दोस्रो भए । छात्र भलिबलमा सिमपानी मावि सिमपानी प्रथम, महेन्द्रोदय मावि बाप्लुखा दोस्रो भए ।

 

यस्तै, छात्र कबड्डीतर्फ भगवती दिनानाथ मावि प्रथम, महेन्द्रोदय मावि बाप्लुखा दोस्रो र कृष्ण मावि बर्रे तेस्रो भए । छात्रा कबड्डीमा कृष्ण मावि बर्रे प्रथम र इन्द्रेणीपोखरी मावि दोस्रो भएको गाउँपालिकाले जनाएको छ । 

 

छात्र दौड प्रतियोगीतामा भाषा आधारभूत विद्यालय बड्कादियालेका सञ्जय विक प्रथम, भगवती दिनानाथ मावि खोटाङ बजारका विनोद नेपाली दोस्रो र भानु आधारभूत विद्यालय लिच्कीराम्चेका खगेन्द्र राई तेस्रो भए ।

 

छात्रातर्फ इन्द्रेणीपोखरी माविका विपना नेपाली प्रथम, भाषा आधारभूत विद्यालय बड्कादियालेका सरला खत्री दोस्रो र सिमपानी माविका समीक्षा पोखरेलले तेस्रो स्थान हासिल गरिन् । 

 

रनिङ सिल्डमा प्रथम स्थान प्राप्त गर्ने विजेतालाई सिल्ड र प्रमाण-पत्र तथा दोस्रो र तेस्रो हुने खेलाडीलाई प्रमाणपत्र एवं मेडल प्रदान गरियो । विजेता खेलाडीलाई गाउँपालिका अध्यक्ष प्रदीप राई, जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्य, गाउँपालिका उपाध्यक्ष कविता राईलगायतले पुरस्कार प्रदान गरे । 

 

गाउँपालिकाले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी माविलाई ५÷५ हजार र आधारभूत विद्यालयलाई २/२ हजार रुपैयाँका दरले यातायात खर्च उपलब्ध गराएको छ ।

 

प्रतियोगितामा निर्णायको भूमिका वहन गरेका श्याम प्रधान, विनोद तिरुवा र राकेश राईलाई पारिश्रमिक र प्रमाणपत्र प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।