close

मान्द्रेढुंगामा बहुउद्देश्यीय सभाहल निर्माण 

मान्द्रेढुंगामा बहुउद्देश्यीय सभाहल निर्माण 

Trulli
ADVERTISEMENT

म्याग्दी - जिल्लाको अन्नपूर्ण गाउँपालिका–२ भुरुङस्थित तातोपानीको मान्द्रेढुंगामा बहुउद्देश्यीय सभाहल निर्माण भएको छ ।  करिब ५० लाखको लागतमा ७ सय क्षमताको सभाहल निर्माण भएको हो । 


दुई तले पक्की भवनको भुइँ तलामा दुई वटा कोठा छन् । माथिल्लो तलामा सभाहल बनाइएको छ ।  गाउँपालिका र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको ४५ लाख सहयोगमा सभाहल निर्माण भएको वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए ।


स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाको सिफारिसमा आर्थिक वर्ष ०७५/७६ र ०७६/७७ मा १०/१० लाख विनियोजन भएको थियो । 


अन्नपूर्ण गाउँपालिकाले गत वर्ष ५ लाख र यस वर्ष २० लाख विनियोजन गरेको थियो । सभाहल भवन निर्माणमा स्थानीयले ५ लाखभन्दा बढीको श्रमदान गरेका छन् । 


‘यो अन्नपूर्ण गाउँपालिकाको बहुवर्षे योजना दुई वर्षमा सकिएको हो’, वडा अध्यक्ष फगामीले भन्नुभयो “भुई तलाको दुई वटा कोठा आमा समूहको कार्यालय प्रयोजनमा प्रयोग हुन्छ ।”

 

सभाहल निर्माण भएपछि सभा, समारोह, भेला, बैठक, तालिम, गोष्ठि, सांस्कृतिक कार्यक्रम आयोजना गर्न सहज भएको छ । ठूला कार्यक्रम खुल्ला चौर र खेलमैदानमा गर्नुपर्दा घाम र पानीले सताउने गरेको थियो । 

 

सभाहललाई विपद् ब्यवस्थापन, बिवाह, छेवार, किरियाको भोज सञ्चालनमा पनि उपयोग गर्न सकिने वडा अध्यक्ष फगामीले बताउनुभयो ।