close

  प्रदेश १ सरकारको बिदा-सूची सार्वजनिक 

  प्रदेश १ सरकारको बिदा-सूची सार्वजनिक 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- प्रदेश १ सरकारले केन्द्रले दिनेभन्दा अतिरिक्त बिदाको सूची सार्वजनिक गरेको छ । प्रदेश १ ले प्रदेश राजपत्र प्रकाशित गर्दै १ वैशाख २०७८ देखि सोही वर्षको चैत मसान्तसम्मका क्रममा प्रदेश सरकारले दिने बिदाको सूची सार्वजनिक गरेको हो ।

 

प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल सरकार गृह मन्त्रालयबाट प्राप्त गत ९ चैतमा जारी राजपत्रमा दिएका बिदाभन्दा अतिरिक्त प्रदेशभरिका लागि लागू हुने गरी थप बिदाको सूची सार्वजनिक गरेको हो ।

 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक, पर्व एवं सट्टा बिदाको अतिरिक्त पर्व बिदा थप गरेको जनाएको छ । प्रदेश सरकारको राजपत्रअनुसार अब प्रदेश १ भित्र संघले दिए बढी ४ दिन सार्वजनिक बिदा थपिएको छ ।

 

इस्लाम धर्मावलम्बीको पर्व इद (इदुल्ल फित्र) का दिन, किराँत जातिको उधौली पर्व, योमरी पुन्हि (ज्यापु दिवस), धान्य पूर्णिमा ४ पुस, दसैँ बिदामा द्वादशीको दिन ३१ असोज र २५ कात्तिक बिहीबारका दिन फाल्गुनन्द जयन्तीका दिन बिदा दिइने प्रदेश सरकारले जनाएको छ ।


यस्तै, २ वैशाखमा सिरुवा पावनी पर्वका दिन झापा, मोरङ, सुनसरी, उदयपुर जिल्ला र १५ भदौमा राधाकृष्ण रथयात्राको अवसर पारेर झापा, मोरङ, सुनसरी जिल्लाका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिइने प्रदेश सरकारले बताएको छ ।