close

जुम्ला विमानस्थल विस्तार गरिने

जुम्ला विमानस्थल विस्तार गरिने

Trulli
ADVERTISEMENT

जुम्ला - कर्णाली प्रदेश मुकाम सुर्खेतपछि दोस्रो ठूलो सहरको हिमाली जिल्ला जुम्लाको जुम्ला विमानस्थल विस्तार गरिने भएको छ । चालू आर्थिक वर्ष ०७७/७८ देखि बहुवर्षीय आयोजनाको रुपमा विमानस्थल विस्तार गरिने भएको हो । 

 

नेपाल सरकारको सेयर लगानीमा धावनमार्ग विस्तारका लागि अध्ययन भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय जुम्लाका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए ।

 

उनले भने, ‘विस्तृत अध्ययनका लागि १७ लाख ६९ हजार ९ सय १२ रुपैयाँ बजेट चालू आर्थिक वर्षमा विनियोजन भएको छ । प्राधिकरणको आफ्नै स्रोतबाट विमानस्थल विस्तार गत वर्षदेखि जारी छ ।’


त्यसैगरी विमानस्थल विस्तार गर्न १ करोड बजेट विनियोजना भएको उनले बताए छ । विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गर्न बजेट विनियोजन भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाले जनाएको छ । 


चालू आवमा चालू खर्चतर्फ कार्यालय सञ्चालनका लागि २९ लाख ६० हजार बजेट विनियोजन भएको छ । स्टिल फर्निचर खरिदका लागि २५ हजार, भत्ता ५० हजार, अतिरिक्त पारिश्रमिक खर्च  १  लाख ८० हजार, टेलिफोन, टेलेक्स, फ्याक्स, हुलाक तथा इन्टरनेट खर्च ५० हजार रुपैयाँ विनियोजन भएको हो ।