close

भक्तपुरका मासु पसल: अनुगमनमा जाँदा चिटिक्क, त्यसपछि बेथिति 

भक्तपुरका मासु पसल: अनुगमनमा जाँदा चिटिक्क, त्यसपछि बेथिति 

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिकाको अनुगमन समिति संयोजक राजकृष्ण गोरा नेतृत्वसहितको टोली मासु पसलको अनुगमनका क्रममा विकास मिट सपमा पुग्यो ।

 

पसलमा खुला रूपमा राखिएको मासु भेटियो । मासु वरिपरि झिंगा भन्किएको देखिन्थ्यो । यो दृश्य देखेर गोराले सपलाई मासु खान योग्य बनाउन सफा र छोप्न आदेश दिए । 

 

त्यस्तै, यो टोली कमलविनायक मिट सपमा पुग्यो । पसलमा मासुको अवस्था उस्तै थियो । मासु वरिपरि भिंmगा भन्किएको, सरसफाइ गरिएको फिटिक्कै देखिन्नथ्यो ।

 

सधैँ ग्राहकको भीडभाड देखिने सरज मिट सपको अवस्था पनि अरूको मासु पसलजस्तै थियो । पसलको अवस्था देखेर अनुगमन टोलीले शुद्धीकरणका लागि सुधार मात्रै नभई नवीकरण गर्नसमेत निर्देशन दिएको छ । 

 

अनुगमनका क्रममा अधिकांश पसल मापदण्डविपरीत सञ्चालन हुँदै आएको पाइएको छ । उनले भने, ‘कुनै पसल २ वर्षदेखि नवीकरण भएका रहेनछन् । कुनै पसल मापदण्डविपरीत सञ्चालन हुँदै आएको देखियो ।’

 

यस्ता पसललाई गुणस्तर सुधार्न र ढक–तराजु नापतौल विभागमा नवीकरण गर्न, मूल्यसूची राख्न, वधस्थल सफा राख्न निर्देशन दिइएको उनले बताए ।

 

अनुगमनका क्रममा विकास मिट सपलाई वधस्थल सफा गर्नुपर्ने, खसीको मासु जालीले छोप्न वा सिसाको बाकस बनाई धुलो, धुँवा र झिंगा नभन्किने गरी व्यवस्था गर्न, सेतो एप्रोन प्रयोग गर्न निर्देशन दिइएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

 

त्यस्तै, सुरेन्द्र मिट सपलाई कुखुराको मासु धुलो, धुँवा र भिंmगा नभन्किने गरी व्यवस्था गर्न, जालीले छोप्ने वा सिसाको बाकस बनाई व्यवस्था गर्न, एप्रोन सेतो प्रयोग गर्न, सरसफाइमा ध्यान दिन निर्देशन दिइएको छ । मूलढोका ब्रोइलर हाउसलाई पसल नवीकरण गर्न निर्देशन दिएको वडा निरीक्षक प्रजापतिले बताए । 

 

मासु पसल अनुगमनमा सदस्य रोशनमैया सुवाल, भनपा स्यानिटेसका रामकृष्ण प्रजापति, कर शाखाका अर्जुन खाइतु, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक छत्रबहादुर थापा र भक्तपुर घरेलु तथा साना उद्योग संघका रूपालक्ष्मी प्रजापति सहभागी थिए ।