close

बुटवल उपमहानगरमा २०० गाई र १०० भैँसीमा कृत्रिम गर्भाधारण

बुटवल उपमहानगरमा २०० गाई र १०० भैँसीमा कृत्रिम गर्भाधारण

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको बुटवल उपमहानगरमा पछिल्लो समय पशुमा नश्ल सुधारका लागि कृत्रिम गर्भाधान गराउने क्रम विस्तारै बढ्दै गएको छ । सहज रूपमा पशु गर्भाधान गराउन राँगा उपलब्ध नहुने र झन्झटिलो भएको कारण तराईका अधिकांश जिल्लामा कृत्रिम गर्भाधान गराउने क्रम विस्तारै बढ्दै गएको हो ।

 

तराईका जिल्लामा गाईभैँसी, बाख्राका साथै बंगु मा समेत सेक्स सिमोनको प्रयोग गरी कृत्रिम गर्भाधान गराउने क्रम बढ्दै गएको छ । ल्याबमा सुरक्षाको बीचमा रहेको सेक्स सिमोनलाई प्राविधिकले विशेष यन्त्र (गन) को सहायतले पशु चौपायामा ग्रभिणी गराउने गरिन्छ । यसका लागि स्थानीय तहहरूले विशेष अनुदानसमेत प्रदान गर्ने गरेका छन् ।


बुटवल उपमहानगरले हालम्म नगरभित्र रहेका २ सय गाई र १ सय भैँसीमा कृत्रिम गर्भाधान गराइसकेको छ । नगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीका अनुसार खासगरी सहरी क्षेत्रबाट बाहिर बुटवलका ग्रामीण क्षेत्रमा रहेका पशु चौपायामा कृत्रिम गर्भाधान गराउने कार्य सम्पन्न भएको हो । यसका लागि नगरपालिकाले विशेष अनुदानसमेत उपलब्ध गराएको छ ।

 

अन्य प्राकृतिक गर्भाधानभन्दा पनि कृत्रिम रूपमा गरिएको गर्भाधानको सफलता बढी हुने भएका कारण पनि यसप्रति किसान आकर्षित भएका छन् । यसरी कृत्रिम गर्भाधान गराएका पशु चौपायाबाट जन्मिएका बच्चामा नश्ल सुधार हुने र बहुगुणी भालेको सिमोन सामान्य चौपायामा भए दूधको मात्रा बढ्ने गर्छन् ।

 

सामान्य प्रजातिका चौपायामा मुर्रा वा विकसित जातका साँढेको सेक्स सिमोन प्रदान गरिने भएका कारण पनि नयाँ जन्मने प्राणीमा बहुगुण सर्ने भएको कारण पनि योप्रति विस्तारै आकर्षण हुँदै गएको हो ।
 
के हो कृत्रिम गर्भाधान ?

 

भाले पशुको शरीरमा पाइने पोथीलाई गर्भाधारण गराउन सक्ने तन्तुलाई प्राकृतिक रूपमा बाली नलगाई यान्त्रिक रूपमा पोथीको गर्भाशयमा प्रतिस्थापन गरिने प्रविधिलाई कृत्रिम गर्भाधान प्रविधि भनिन्छ । 


स्वस्थ प्रजनन क्षमता विकास भएका वयस्क भालेको वीर्य संकलन गरी तिनमा भएको शुक्रकीटको घनत्व एवं स्वास्थ्य स्थिति विश्लेषण गरी आवश्यक रसायनयुक्त अवयवको मिश्रणमा शुक्रकीटको गर्भाधारण गराउने क्षमता यस प्रविधिमा प्रयोग गराइएको पाइन्छ ।

 

यसरी संघोलित वीर्य तत्काल केही समयपछि स्वस्थ एवं पोथी जनावरले बाली खोजेको परिपक्व समय प्रयोग गरिन्छ । अर्को विधिअनुसार यसरी संघोलित तरल वीर्यलाई तरल नाइट्रोजन ग्यासको वाफमा सञ्चय गरी तरल नाइट्रोजन १९६ डिग्री सेन्टिग्रेडमा लामो समय सञ्चय गर्न सकिन्छ । यसलाई आवश्यक परेका बेला प्रयोग गर्न सकिन्छ, जुन प्रचलित पनि छ ।

 

अतिहिमकृत विधिबाट जमाइएका वीर्य प्रविधिले राँगो साँढेका वीर्य लामो समयसम्म गर्भाधारण गराउन सक्ने शुक्रकीटको क्षमता संरक्षणसहित लामो सञ्चय गर्न सकिन्छ । यस प्रयोजनका लागि अति उच्च उत्पादन दिन सक्ने माउबाट छनोट भएका उपयुक्त वंशानुगत गुण भएका राँगो साँढेबाट कृत्रिम तरिकाले अतिनिर्मलीकृत, संक्रमणरहित तरिकाले वीर्य संकलन गरिन्छ ।