close

मेलमिलापमा नमोबुद्धको साथ, प्रदूषणमा चैँ कसको हात ? (भिडियो खबर)

मेलमिलापमा नमोबुद्धको साथ, प्रदूषणमा चैँ कसको हात ? (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर


१) स्थानीय पाठ्यक्रम निर्माणमा जुट्यो अर्घाखाँचीको सन्धिखर्क नगरपालिका, सरोकारवालाहरूको सहभागितामा अन्तरक्रिया सम्पन्न ।
 

२) महोत्तरीको गौशाला नगरपालिकाको एक विद्यालयमा कार्यरत शिक्षकलाई वडा नम्बर ९ का वडा सचिव उमाकान्त महतोले हातपातको प्रयास गरेपछि शिक्षक आन्दोलित, पठनपाठन ठप्प ।


३) सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा अख्तियारद्वारा महोत्तरीको साबिक सिंग्याही गाविसका तत्कालीन सचिव विनोदकुमार सिंह र कार्यालय सहायक नारायण यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर, उनीहरूविरुद्ध ६ लाख २९ हजार रुपैयाँ बिगो मागदाबी ।


४) टिकटकले भाइरल बनायो ललितपुर महानगरपालिका–४ मा रहेको मलपोखरीलाई, भासिलो जग्गा भएकाले दुर्घटना हुन सक्ने भन्दै प्रहरी परिचालन ।


५) म्याग्दीको बेनी नगरपालिकाको सामुदायिक चोक र हाडेभीरमा ट्राफिक प्रहरी पोस्ट स्थापना, नगरप्रमुख हरिकुमार श्रेष्ठले गरे पोस्टको उद्घाटन ।


६) कपिलवस्तुको वाणगंगा नगरपालिकाका सहकारी संस्थाका कर्मचारीका लागि लेखा व्यवस्थापन तालिम जारी, तालिम  २९ चैतसम्म चल्ने ।


७) बैतडीको सिगास गाउँपालिकाका विभिन्न विद्यालयमा निजी स्रोतमा कार्यरत स्वयंसेवक शिक्षकलाई पालिकाले गत साउनदेखि तलब दिएन, शिक्षकद्वारा आन्दोलन चर्काउने चेतावनी ।

 

८) सिन्धुलीको कमलामाई नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत ८ दिने व्यवसाय सचेतना तालिम सम्पन्न, तालिममा ३० जना महिलाको सहभागिता ।


९) ऐतिहासिक महत्त्वको गायत्री गुफामा पूर्वाधार निर्माण गर्दै पर्वतको फलेवास नगरपालिका, उपप्रमुख मञ्जु अधिकारीद्वारा गुफा भवनको शिलान्यास ।


१०) ताप्लेजुङका ६१ वडामा स्वास्थ्य बिमा कार्यक्रम सुरु, वडाका दर्ता सहयोगीका लागि फुङ्लिङमा तीन दिने अभिमुखीकरण तालिम सञ्चालन ।


११) बिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाद्वारा स्थानीयलाई स्वास्थ्य सामग्री वितरण, टोलटोलमा स्वयंसेविका परिचालन ।


१२) कोरोना संक्रमणको दोस्रो लहर आएसँगै नगरबासी र गाउँबासीमा स्वास्थ्य मापदण्ड पालना गर्न देशभरका स्थानीय तहद्वारा आग्रह, १८ वर्षमुनिका व्यक्तिमा संक्रमण दर उल्लेख्य वृद्धि भएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी ।


१३) सिर्सिया नदीको प्रदूषण नियन्त्रण गर्न माग गर्र्दै वीरगञ्ज महानगरपालिकाको रानीघाट र रामगढवा क्षेत्रका स्थानीय आन्दोलित, नगरप्रमुख र सरोकारवालालाई ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएको स्थानीयको गुनासो ।


१४) राष्ट्रिय वाणिज्य बैंकको समन्वयमा काठमाडौं महानगरपालिका–२२ स्थित नागस्थान चोकमा ट्राफिक बत्ती जडान, सडक प्रयोगकर्तालाई सहज ।

 

१५) तनहुँको बन्दीपुर गाउँपालिकाको संस्थागत स्वमूल्यांकन नतिजा संघीय मामिला मन्त्रालयद्वारा सार्वजनिक, स्वमूल्यांकन गर्दा ६५ प्रतिशत नतिजा प्राप्त ।


१६) सार्वजनिक सम्पत्ति अतिक्रमण गरेको भन्दै झापाको दमक नगरपालिका–७ को सुकुम्बासी बस्तीमा नगरपालिकाले चलायो  डोजर, सुकुम्बासी परिवारको विचल्ली ।

 

१७) स्याङ्जाको आँधीखोला गाउँपालिकाले ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा र प्लास्टिक टनेल वितरण गर्ने, इच्छुक कृषकले १० वैशाखभित्र पालिकाको कृषि शाखा वा वडा कार्यालयमा निवेदन दिनुपर्ने ।

 

१८) कर्मचारीले महिलालाई दुव्र्यवहार गरेको भन्दै पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा अन्तरपार्टी महिला सञ्जालद्वारा लगाइएको ताला खुल्यो, कामकाज सुरु ।

१९) धनुषाको सहिदनगर नगरपालिकाले वडा नम्बर ८ का महिलाका लागि दियो सिलाइ–कटाइ तालिम, तालिम तीन महिनासम्म चल्ने ।

 

२०) सामुदायिक मेलमिलापकर्ताका लागि काभ्रेको नमोबुद्ध नगरपालिकाको न्यायिक समितिद्वारा कपरेढुंगामा दुई दिने तालिम सम्पन्न ।