close

शाखा अधिकृत कर्मचारी नभए नासुलाई अधिकार

शाखा अधिकृत कर्मचारी नभए नासुलाई अधिकार

Trulli
ADVERTISEMENT

काठमाडौं- भूमिसम्बन्धी समस्या समाधान आयोगले नापी र मालपोत कार्यालयमा शाखा अधिकृत तहको कर्मचारी उपलब्ध हुन नसके सोही कार्यालयबाट एक श्रेणीमुनिका कर्मचारीलाई खटाउन सक्ने गरी अनुमति दिएको छ । 

 

आयोगले देशभरका जिल्ला समितिमा रहने कर्मचारी न्यूनतम नासुसरहको हुनुपर्ने व्यवस्था गरेको हो ।

 

यसअघि आयोगले जिल्ला समितिमा रहने कर्मचारीमा राजपत्रांकित तृतीय श्रेणीको मालपोत अधिकृत १ जना र नापी अधिकृत १ जना रहने गरी जिल्लाका नापी कार्यालय र मालपोत कार्यालयमा लेखी पठाएको थियो ।

 

आयोगले देशभरका केही नापी तथा मालपोत कार्यालयमा सो तहका कर्मचारी नरहेको भन्ने जानकारी आएकाले त्यस्तो अवस्थामा सोही कार्यालयबाट १ तहमुनिको कर्मचारी खटाउन सकिनेसमेत जनाएको छ ।