close

कृषकलाई २५० मौरी घार वितरण

कृषकलाई २५० मौरी घार वितरण

Trulli
ADVERTISEMENT

गुल्मी(मुसीकोट)-  गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर ८ र ९ सञ्चालित मौरी स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत कृषकलाई २५० मौरी घार वितरण गरिएको छ ।

 

लुम्बिनी प्रदेश र मुसीकोट नगरपालिकाको साझेदारीमा सञ्चालित कुल ६० लाख लागत अनुमानका मौरीघार वितरण गरिएको हो । एक स्थानीय तह एक स्मार्ट कृषि गाउँअन्तर्गत यो कार्यक्रम मुसीकोटमा सञ्चालन भइरहेको छ ।

 

कार्यक्रममा लुम्बिनी प्रदेश सभासद् खड्ग केसीले मौरी स्मार्ट कार्यक्रमले मुसीकोट नगरपालिका महमा आत्मनिर्भर हुने विश्वास व्यक्त गरे ।

 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले कृषिको माध्यमबाट व्यावसायिक उद्यमी उत्पादनसँगै कृषिलाई आधुनिकीकरण गर्दै लैजानुपर्ने बताए ।

 

कार्यक्रममा मुसिकोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष नारायण सापकोटा, कृषि ज्ञान केन्द्र गुल्मीका कोमल शाही, गुणनिधि पाण्डे, खुबिराम पोखरेल, कृषक, सामाजिक व्यक्तित्वलगायत उपस्थित थिए ।