close

९ वैशाखबाट सबै तहका परीक्षा सञ्चालन गर्दै फक्ताङ्लुङ

९ वैशाखबाट सबै तहका परीक्षा सञ्चालन गर्दै फक्ताङ्लुङ

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाभित्रका सबै बिद्यालयको वार्षिक परीक्षा आउँदो ९ वैशाखबाट एकैसाथ सञ्चालन गर्ने निर्णय गरेको छ । 

 

गाउँपालिकाको शिक्षा शाखाले ९ देखि १८ वैशाखसम्म आधारभूत र माध्यमिक तहको सबै परीक्षा सञ्चालनको कार्यतालिका निर्धारण गरेको हो ।

 

शिक्षा अधिकृत जयप्रसाद रिजालका अनुसार ९ वैशाखदेखि १–५ सम्मको अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ । १० वैशाखमा अनिवार्य नेपाली र ११ मा १ देखि ५ र ६ देखि ८ को अनिवार्य सामाजिक तथा कक्षा ९ को अनिवार्य गणित विषयको परीक्षा हुनेछ ।


१२ वैशाखमा बुद्ध जयन्ती/उधौली पर्व बिदा भएकाले १३ वैशाखमा १ देखि ५ र ६ देखि ८ सम्मको अनिवार्य गणित तथा कक्षा ९ को अनिवार्य विज्ञान विषयको परीक्षा हुने भएको छ । 

 

यस्तै, १४ वैशाखमा कक्षा १ देखि ५ सम्मको स्थानीय विषयको परीक्षा सञ्चालन हुने भएको छ भने ६ देखि ८ सम्मको पेसा, व्यवसाय तथा प्राविधिक शिक्षा तथा कक्षा ९ को अनिवार्य सामाजिक विषयको परीक्षा हुनेछ । १५ वैशामा शनिकार बिदा हुँदा १६ वैशाखमा कक्षा १ दखि ५ सम्मको अनिवार्य विज्ञान तथा कक्षा ९ को अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयको परीक्षा हुनेछ ।

 

१७ र १८ वैशाखमा भने कक्षा ६–८ तथा कक्षा ९ का परीक्षा मात्र सञ्चालन हुनेछन् । १७ वैशाखमा कक्षा ६–८ को ऐच्छिक कम्प्युटर तथा कक्षा ९ को ऐच्छिक प्रथम विषयको तथा १८ वैशाखमा कक्षा ६ देखि ८ को नैतिक र स्वास्थ्य तथा शारीरिक शिक्षा र कक्षा ९ को ऐच्छिक द्वितीय विषयको परीक्षा हुनेछ ।