close

बागलुङमा खेलाइँदै राष्ट्रपति रनिङ सिल्ड

बागलुङमा खेलाइँदै राष्ट्रपति रनिङ सिल्ड

Trulli
ADVERTISEMENT

बागलुङ- बागलुङमा नवौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । प्रतियोगितामा ६ वटा विधामा ५ सय ५० विद्यार्थीले स्पर्धा गरिरहेका छन् । 

 

मार्सल आर्टतर्फ तेक्वान्दो, कराँते र उसु, छात्रछात्रा भलिबल प्रतियोगिता, कबड्डी र एथलेटका खेल समावेश गरिएको समितिका प्रशिक्षक भीमसेन शाक्यले जानकारी दिए ।

 

खेलमा एथलेटिक्सतर्फ सबैभन्दा धेरै मेडल रहेका छन् । ९० स्वर्ण, ९० रजत र ११० कास्य पदकका लागि विद्यार्थीले खेल प्रदर्शन गरिरहेका छन् । 

 

आइतबार १ सय, २ सय मिटर, ८ सय र १५ सय मिटर दौड, लङजम्प, सटफुट, त्रिपलजम्प र ज्याब्लिङ थ्रोलगायत खेल सम्पन्न भएका छन् ।

 

छात्रतर्फ १ सय मिटर दौडमा बरेङ गाउँपालिका प्रथम, गलकोट नगरपालिका दोस्रो र बागलुङ नगरपालिका तेस्रो भए । २ सय मिटर दौडमा बागलुङ प्रथम, गलकोट दोस्रो र बागलुङ तेस्रो भए ।

 

८ सय मिटर दौडमा बागलुङ प्रथम, बागलुङ नै दोस्रो र जैमिनी नगरपालिका तेस्रो भए भने १५ सय मिटर दौडमा बागलुङ प्रथम, बागलुङ नै दोस्रो र गलकोट नगरपालिकाका खेलाडी तेस्रो भए ।

 

छात्रातर्फ १ सय मिटर दौडमा बडिगाडकी छात्रा डिलमाया विक प्रथम, बागलुङ नगरपालिकाकी पुनम पौडेल दोस्रो र गलकोटकी पूजा पाइजा तेस्रो भए । २ सय मिटर दौडमा जैमिनीकी शान्ति थापा प्रथम, बागलुङकी सोनी कुमाल दोस्रो र बरेङकी पार्वती क्षेत्री तेस्रो भए ।

 

८ सय मिटर दौडमा बडिगाडकी डिलमाया विक प्रथम, बरेङकी हिमा खत्री दोस्रो र बागलुङकी सोविता जिसी तेस्रो भए । १५ सय मिटर दौडमा जैमिनीकी कविता खत्री प्रथम, बागलुङकी पार्वती क्षेत्री दोस्रो र निसीखोलाकी कमला विक तेस्रो भए ।

 

सटफुट छात्रतर्फ निसीखोलाका ध्रुव परियार प्रथम, गलकोटका एमडी अब्दुल दोस्रो र जैमिनीका रमेश राना तेस्रो भए । छात्रातर्फ बडिगाडका सुस्मिता पुन प्रथम, निसीखोलाकी सहनशीला विक दोस्रो र गलकोटकी सुशीला विक तेस्रो भए ।

 

छात्र लङजम्पतर्फ बागलुङका सुरज कार्की प्रथम, बडिगाडका सञ्जीव राना दोस्रो र निसीखोलाका दीपक नेपाली तेस्रो भए । छात्रातर्फ गलकोटकी किमरोज रिजाल प्रथम, बागलुङकी रक्षा क्षेत्री दोस्रो र बागलुङकै पूजा बोसेल तेस्रो भए । 

 

त्रिपलजम्प छात्रातर्फ बागलुङका रिभा मल्ल प्रथम, बागलुङकै पुनम खड्का दोस्रो र जैमिनीकी स्मृति हमाल तेस्रो भए । 

 

प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले बालबालिकाको क्षमता विकास गर्ने र खेलबाट पनि भविष्य छ भन्ने बुझाउन यस्ता प्रतियोगिता सञ्चालन भइरहनुपर्ने बताए ।

 

जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाको अध्यक्षता, ससबहादुर पुनको सञ्चालन र निमित्त समन्वय अधिकारी खिमबहादुर विकको स्वागतमा कार्यक्रम सम्पन्न भएको थिया ।