close

स्वास्थ्यमा आलितालको फड्को, पालिकाहरुमा फुटवलको रन्को (भिडियाे खबर)

स्वास्थ्यमा आलितालको फड्को, पालिकाहरुमा फुटवलको रन्को (भिडियाे खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

 

१) दाङको तुलसीपुर उपमहानगरपालिकाले २९औं स्थापना दिवस मनायो, स्थापना दिवसको अवसरमा दीर्घकालीन रणनीतिक तथा आवधिक योजनाका विषयमा छलफल ।


२) अछामको रामारोशन गाउँपालिकाका विद्यालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन र प्याड डिस्पोजल मेसिन जडान गर्न सुरु, छात्रालाई सहज हुने ।


३) भोजपुरको हतुवागढी गाउँपालिकामा ५ सय बढी अपांगता भएका व्यक्तिले विशेषज्ञ चिकित्सकबाट गराए स्वास्थ्य परीक्षण, १ सय ३५ जनाले पाए अपांगता परिचयपत्र ।


४) तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा वडा नम्बर ९ को विश्व शान्ति आधारभूत विद्यालयमा चार कोठे पक्की भवन बन्ने, नगरप्रमुख वासुदेव घिमिरेले गरे भवनको शिलान्यास । 

 

५) सर्लाहीको बागमती नगरपालिकाले आयोजना गरेको राजर्षि जनक फुटबल प्रतियोगिता सम्पन्न, फाइनल खेल हेर्न नगरपालिकामा सार्वजनिक बिदा । 

 

६) डडेल्धुराको आलिताल पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा, सबै बालबालिकाहरू खोपको पहुँचमा ।


७) दाङको घोराही उपमहानगरपालिका-२ का स्थानीयको घरघरमा खानेपानी पु¥याउन सुर्केडाँगी खानेपानी आयोजनाको काम सुरु, नगरप्रमुख नरुलाल चौधरीले गरे ओभरहेड ट्यांकीको शिलान्यास ।

 

८) सिरिजंघा लिपि संरक्षणमा जुट्यो तेह्रथुमको म्याङलुङ नगरपालिका,  वडा नम्बर १ को आयोजनामा सरोकारवालाहरूबीच अन्तर्क्रिया सम्पन्न ।

 

९) भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको बोडेमा २ वैशाखमा मनाइने जिब्रो छेड्ने जात्रामा यस वर्ष आठाँै पटक बोडेका ४८ वर्षीय बुद्धकृष्ण श्रेष्ठले जिब्रो छेड्ने, जात्रामा सहभागी हुन नगरपालिकाको आह्वान ।

 

१०) रूपन्देहीको सैनामैना नगरपालिकामा राष्ट्रपति रनिङ सिल्ड तथा चौथो नगरस्तरीय खेलकुद प्रतियोगिता जारी, प्रतियोगिता ३१ चैतसम्म चल्ने ।

 

११) रूपन्देहीको तिलोत्तमा नगरपालिकाद्वारा गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण, समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार एक सय ५० रुपैयाँ ।

 

१२) जुम्लाको चन्दननाथ नगरपालिकाद्वारा वडा नम्बर १ का कृषकलाई कृषि औजार हस्तान्तरण, कृषि सामग्री पाउँदा कृषक उत्साहित ।


१३) खोटाङको एँेसेलुखर्क गाउँपालिकाले दियो शिक्षकलाई क्षमता विकाससम्बन्धी दुई दिने तालिम, तालिममा स्थायी शिक्षकको सहभागिता ।

 

१४) पर्वतको महाशिला गाँउपालिकाले शिक्षकलाई बालकक्षा व्यवस्थापन विषयमा दियो दुई दिने तालिम, तालिममा शिक्षकसहित सरोकारवालाको सहभागिता ।

 

१५) डोटीको पूर्वीचौकी गाउँपालिकामा सात हजार ६४८ पालिकाबासीले राष्ट्रिय परिचपत्रका लागि विवरण दर्ता गराए, अब परिचयपत्र वितरण गरिने ।

 

१६) भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको सहयोगमा ओस्ला नेपालले आयोजना गरेको उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता सम्पन्न, कमलविनायकको लुजः धिमे खलः भयो पहिलो ।

 

१७) महोत्तरीको गौशाला नगरपालिकाको एक विद्यालयमा कार्यरत शिक्षकलाई वडा नम्बर ९ का वडा सचिव उमाकान्त महतोले हातपातको प्रयास गरेपछि पाँच दिनदेखि शिक्षक आन्दोलित, नगरभरका विद्यालयमा पठनपाठन ठप्प ।

 

१८) नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सूर्यचौरमा १ वैशाखमा रेस्लिङको महाभिडन्त हुने, प्रतियोगितामा १६ खेलाडीले ५ वटा समूहमा स्पर्धा गर्ने ।

 

१९) म्याग्दीको बेनी नगरपालिकाद्वारा बजारका बासिन्दालाई फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरण सुरु, एक हजार घरधुरीलाई डस्टबिन वितरण गरिने ।

 

२०) तनहुँको व्यास नगरपालिकाको भवनमा सञ्चालनमा आएको मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयको नगरप्रमुख बैकुण्ठ न्यौपानेले गरे उद्घाटन ।