close

हेलिकोप्टरबाट ताप्लेजुङका पर्यटकीय स्थलको फन्को 

हेलिकोप्टरबाट ताप्लेजुङका पर्यटकीय स्थलको फन्को 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– पर्यटकीय स्थलको प्रचार–प्रसार र पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले ७ देखि ११ वैशाखसम्म हेलिकोप्टरमार्फत ताप्लेजुङका पर्यटकीय स्थलको अवलोकन गर्न पाइने व्यवस्था मिलाइएको छ । 

 

पर्यटन व्यवसायी सुरेश लिम्बूको अगुवाइमा हेलिकोप्टरमार्फत ताप्लेजुङका पर्यटकीय स्थल अवलोकन भ्रमण व्यवस्था मिलाइएको हो ।

 

लिम्बू फुङ्लिङस्थित मेवाखोला हिल रिसोर्ट प्रालिका प्रोप्राइटरसमेत हुन् । उनका अनुसार धार्मिक एवं पर्यटकीय स्थल पाथीभरा, तिम्बुङ पोखरी र फुङ्फुंगे झरना, फुङ्लिङ बजार परिक्रमा र मागअनुसार ओलाङ्चुङगोला र घुन्सालगायतका क्षेत्रमा हेलिकोप्टरमार्फत भ्रमण अवलोकन अवसर मिलाइन लागेको छ ।

 

७ देखि ११ वैशाखसम्म पाइने यो सुविधा मेवाखोला हिल रिसोर्टले आफ्नै हेलिप्याड मैदानमार्फत प्रदान गर्न लागेको हो । आफ्नै हेलिप्याडमार्फत गन्तव्यसम्म पु¥याएर पुनः सोही हेलिप्याडमा अवतरण गराउने संयोजनकर्ता लिम्बूले जानकारी दिए ।

 

उनका अनुसार फुङ्लिङ बजार परिक्रमाको प्रतिव्यक्ति शुल्क ५ हजार रुपैयाँ कायम गरिएको छ । यस्तै, पाथीभरा मन्दिर र फुङ्फुंगे झरनासम्मको प्रतिव्यक्ति शुल्क १२–१२ हजार र तिम्बुङ पोखरीसम्मको प्रतिव्यक्ति शुल्क २२ हजार रुपैयाँ कायम गरिएको छ ।

 

गोला र घुन्साको दर भने आपसी समझदारीमा कायम हुने उनले जानकारी दिए । सिम्रिक एयरको हेलिकोप्टरमार्फत दिइन लागेको सेवाका लागि ६ वैशाख साँझबाटै हेलिकोप्टर मेवाखोला हिल रिसोर्टको हेलिप्याड मैदानमा राखिनेछ ।

 

सस्तो मूल्यमा धार्मिक तथा पर्यटकीय स्थल भ्रमण तथा अवलोकन गरेर जिल्लामा पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको लिम्बूले बताए ।