close

२ महिनामै गुल्मीका २१ सय हेक्टर वन आगलागीले सखाप

२ महिनामै गुल्मीका २१ सय हेक्टर वन आगलागीले सखाप

Trulli
ADVERTISEMENT

गुल्मी– आगोले गुल्मीका महत्त्वपूर्ण वनजंगल नष्ट गरेपछि त्यसको विषयमा बल्ल चासो र चिन्तन सुरु भएको छ ।

 

विपद्को पूर्वतयारीमा चासो नदिने तर समस्या आएपछि मात्रै हतपतमा लतपत गर्ने प्रवृत्तिले नागरिक हैरानीमा छन् । आगलागीका घटना दैनिक बढेपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले स्थानीय राजनस्तिक दल तथा सरोकारवालासँग अन्तत्र्रिmया गरेको छ ।

 

अन्तत्र्रिmयामा बोल्ने अधिकांश वक्ताले घरगोठमा बाहेक वनजंगलमा लाग्ने आगलागी समुदायकै सक्रियतामा हुने गरेको गुनासो गरे । समुदायकै व्यक्तिको सोचका कारण आगलागी हुने र सूचना बाहिर नदिने हुँदा दोषी कानुनको दायरामा आउन नसकेको प्रशासन कार्यालयसँगै सुरक्षा निकायको ठहर छ ।

 

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले समुदाय भित्रबाटै जानी–जानी आगो लगाउने गरिएको बताइन् । समुदायले नै घाँस–दाउराको लोभमा निजी जंगलमा आगो लगाएर सामदायिक जंगललाई पनि लपेटामा पारेको प्रारम्भिक सूचना आफूकहाँ आएको उनको भनाइ छ ।

 

‘आफैंले आगो लगाएर अर्कै दोषी खोज्नु मुर्खता हो । समुदाय नै जिम्मेवार बन्नु आगलागी नियन्त्रणको पहिलो काम हो,’ उनले भनिन्,‘ वनको आगो छतबाट फोटो खिचेर नियन्त्रण हुँदैन, निभाउन जानुपर्छ ।’

 

भौगोलिक जटिलता तथा जनशक्ति र स्र्रोत–साधन अभावमा आगलागी नियन्त्रणमा समस्या रहेको उनले गुनासो गरिन् ।

 

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले कारबाही गर्न सूचना र प्रमाण आवश्यक भएकाले नागरिकसँग सहयोगको अपेक्षा गरे । सशस्त्र प्रहरी नायब उपरीक्षक अशोक लम्सालले समुदायको सहयोगबिना केही गर्न नसकिने बताए । 

 

सशस्त्र प्रहरीले अहिलेसम्म आगलागी भएको क्षेत्रमा पुगेरै बस्ती र खानेपानी संरचना जोगाइरहेको लम्सालले सुनाए ।
कांग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले आगलागीले पुर्‍याएको क्षतिको मूल्य नभएकाले नागरिक स्तरबाटै समस्या समाधानमा पहल हुनुपर्ने आवश्यकता औँल्याए ।

 

त्यस्तै, माओवादी केन्द्रका नेता अशोक थापाले अहिलेसम्म आगलागीका घटनामा संलग्न व्यक्ति कारबाहीको दायरामा नआएकाले समस्या झन् बल्झिएको बताए । जनमोर्चाका नेता हरि न्यौपानेले सामुदायिक वन उपभोक्त समितिले कोष बनाउने मात्रै नभएर वन क्षेत्रको संरक्षणसँगै आगलागी नियन्त्रणमा चासो दिनुपर्नेमा जोड दिए ।

 

वन उपभोक्ता र उपभोक्ता समिति दायित्वविहीन भएका कारण आगलागी नियन्त्रणको विषय सुरक्षा निकायको थाप्लोमा मात्रै थोपरिएको उनको बुझाइ छ । 

 

रेसुंगा नगरपालिकामा प्रवक्ता पदम अर्यालले समुदायलाई सामुदायिक वनको अपनत्व दिन नसक्नु नै आगलागीको कारण भएको बताए । वडा नम्बर १ का वडाध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेयले आगलागी नियन्त्रणको अल्प र दीर्घकालीन योजना आवश्यक रहेको धारणा व्यक्त गरे ।

 

रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले दक्ष जनशक्ति उत्पादन, तालिम र सचेतना आवश्यक रहेको बताए । रेसुंगा संरक्षण समिति अध्यक्ष सुरेश भुसालले तालिमप्राप्त व्यक्ति कम भएकाले आगलागी नियन्त्रणको नाममा स्थानीयको भीड मात्रै बढाए दुर्घटना हुनेतर्फ सचेत रहन आग्रह गरे ।

 

अर्जुन भगवति संरक्षण समिति सचिव माधव पन्थीले उपभोक्तालाई सुरक्षा सामग्री र प्रशिक्षण आवश्यक रहेकामा जोड दिए ।

 

नागरिक समाजका संयोजक पदमप्रसाद पाण्डेयले विपद्मा प्रशासनले नागरिकसँग समन्वय र उद्धारको आह्वान दुवै गर्नुपर्नेमा जोड दिए । फागुनदेखि अहिलेसम्म गुल्मीमा २ हजार १ सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय गुल्मीका रेन्जर बाबुराम न्यौपानेले जानकारी दिए । 


आगलागीले गौशालाका सवा सय गाई संकटमा

 

गुल्मीका ठूला जंगलमा आगलागी हुँदा वन्यजन्तु, बहुमूल्य जडीबुटी र रुख–बिरुवा नष्ट भएका छन् । सँगै रेसुंगा क्षेत्रमा करिब १ साता आगलागी भएका कारण गौशालामा रहेका गाईलाई घाँस खुवाउने र चरनको विकल्प नासिएको छ । 

 

सोही कारण स्थानीयले घाँस संकलन गरिरहेका छन् । २०४१ देखि रेसुंगा क्षेत्रमा गौशाला सञ्चालन गरिएको छ । योगी नरहरिनाथले यज्ञ गरेर ३६ वटा गाईबाट गौशाला सुरु गरेका थिए ।

 

अहिले गौशालामा सवा सय गाई रहेको रेसुंगा संरक्षण समिति अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए । बर्सेनि साउने क्षेत्रबाट आगलागी हुने भएकाले घाँसको संकट मात्रै नभएर गाई नै जोखिममा पर्ने गरेका छन् । 

 

भुसालले अहिले तत्काल आगोको थप जोखिम नभए पनि घाँस सबै नष्ट भएकाले मानवीय समवेदना देखाउन सबैलाई आग्रह गरे ।

 

आगलागीसँगै गौशालाका गाईको विजोग अवस्था देखेपछि रेसुंगा नगरपालिकाको वडा नम्बर १४ को कालिका युवा क्लब, जागृत सामुदायिक वन, गौशाला संरक्षण उपसमिति रातामाटालगायत स्थानीयको पहलमा घाँस संकलन गरेर गौशालामा बुझाइएको कालिका युवा क्लबका अध्यक्ष दुर्गाप्रसाद गौतमले बताए । उनीहरूले तत्काल चार ट्रयाक्टर घाँस र २५ किलो नुन प्रदान गरेका थिए ।