close

सहकारी समन्वय समितिको निःशुल्क तालिम

सहकारी समन्वय समितिको निःशुल्क तालिम

Trulli
ADVERTISEMENT

सुनसरी(धरान)- सुनसरीको धरान नगर सहकारी समन्वय समितिको आयोजना तथा धरान उपमहानगरको विशेष सहयोगमा २ दिने तालिम सम्पन्न भएको छ । 


सहकारी व्यवस्थापन तथा आधारभूत लेखापालसम्बन्धी तालिममा धरानमा रहेका सहकारी संस्थाका २३ जना प्रतिनिधि सहभागी थिए ।


सातौँ तहका प्रशिक्षकद्वारा प्रशिक्षित कार्यक्रममा धरान नगर सहकारी बोर्ड समितिका अध्यक्ष नरेशकुमार इवारम प्रमुख अतिथि थिए ।


धरानमा सञ्चालन हुँदै आएका सहकारीको हरहिसाबलाई शुद्धीकरण तथा व्यवस्थापन सहज बनाउन तालिम आयोजना गरिएको धरान नगर सहकारी समन्वय समितिका अध्यक्ष मणि लामाले बताए ।