close

सामुदायिक विद्यालयका छात्रालाई साइकल उपहार 

सामुदायिक विद्यालयका छात्रालाई साइकल उपहार 

Trulli
ADVERTISEMENT

झापा– सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नियमित विद्यालय जान हौसला दिने उद्देश्यले झापाको झापा गाउँपालिकाले साइकल वितरण गरेको छ ।

 

विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको नियमितता र हौसला बढाउन छात्रालाई साइकल बाँडिएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए ।

 

झापा गाउँपालिकाभित्र जम्मा ५ वटा सामुदायिक माध्यमिक विद्यालय छन्, जसमा कक्षा ९ मा पढ्ने सम्पूर्ण छात्रालाई साइकल वितरण गरिएको हो । 

 

गाउँपालिकाले ५ मध्ये ३ वटा सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण गरेको हो । साइकल वितरण गरिएका विद्यालयमा डिल्लीराज माविका १ सय १ जना, कुवाडीदेवी माविका ३८ जना र महेन्द्र माविका ११ जना छन् । बाँकी २ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई पनि निरन्तरता दिइनेछ । झापा गाउँपालिकाले विपन्न परिवारका छात्रालाई लक्षित गरी यो कार्यक्रम गरेको अध्यक्ष साहले बताए ।