close

स्थानीय तहमा कार्यरत शाखा अधिकृतलाई जापानको छात्रवृत्ति

स्थानीय तहमा कार्यरत शाखा अधिकृतलाई जापानको छात्रवृत्ति

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारले स्थानीय तहमा कार्यरत शाखा अधिकृत वा सोभन्दा माथिका निजामती कर्मचारीमध्येबाट जापान सरकारले उपलब्ध गराउने तालिम छात्रवृत्तिका लागि आह्वान गरेको छ ।

 

निजामती सेवा ऐन, २०४९ (संशोधनसहित) को दफा ४०(ख) ३ बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा अन्तर्गत निकाय तथा स्थानीय तहमा कार्यरत शाखा अधिकृत वा सोभन्दा माथिका कर्मचारीका लागि तालिम छात्रवृत्तिमा आवेदन आह्वान गरिएको हो ।

 

आवेदकले ५ वैशाख २०७८ भित्र संलग्न विवरण खुलाई अद्यावधिक व्यक्तिगत विवरण संघीय मामिला मन्त्रालयको जनशक्ति, योजना तथा विकास शाखामा वा इमेलमार्फत निवेदन दिन सकिनेछ ।

 

तालिम छात्रवृत्तिका लागि दरखास्त दिने कर्मचारीले आफ्नो नाम थर, पद, सुरु नियुक्ति र हालको पदमा नियुक्ति मिति, हाल कार्यरत निकाय, सेवा, समूह, उपसमूह, संकेत नम्बर, समायोजन भएको तह, तालिमको विषय, हालको शैक्षिक योग्यता, विषय, इमेल ठेगाना, मोबाइल नम्बरसहितको विवरण पठाउनुपर्नेछ ।