close

गण्डकी सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता

गण्डकी सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Trulli
ADVERTISEMENT

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध बिहीबार अविश्वास प्रस्ताव दर्ता भएको छ ।

 

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त रूपमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

 

उनीहरूले प्रदेशसभा सचिव हरिराज पोखरेललाई अविश्वास प्रस्तावको पत्र बुझाए । प्रस्तावमा २८ सांसदको हस्ताक्षर छ । 

 

अविश्वास प्रस्तावको सामना गर्न कठिन हुने भएपछि गण्डकी प्रदेश सरकारले बुधबार मध्यरातमा एकाएक प्रदेशसभाको हिउँदे अधिवशेन अन्त्य गरे पनि विपक्षी ४ दलले भने उक्त प्रस्ताव दर्ता गरिछाडे ।


राष्ट्रिय जनमोर्चाले पनि अविश्वास प्रस्तावमा समर्थन गर्ने निर्णय गरिसकेको छ ।