close

रामेछापको भालुखोप डाँडामा खुल्यो घरबास 

रामेछापको भालुखोप डाँडामा खुल्यो घरबास 

Trulli
ADVERTISEMENT

रामेछाप– रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ७ भालुखोप डाँडामा भालुखोप सामुदायिक होमस्टे (घरबास) सञ्चालनमा आएको छ । 
 

रामेछाप नगरपालिकाको पर्यटकीय स्थलको रूपमा रहेको भालुखोप डाँडामा स्थानीयले भालुखोप सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका हुन् ।

 

तामाङ समुदायको बसोबास रहेको उक्त स्थानमा नयाँ वर्ष २०७८ अवसर पारेर सामुदायिक होमस्टे सञ्चालनमा आएको हो । रामेछाप नगरपालिकाका उपप्रमुख सिर्जना खड्काले सामुदायिक होमस्टेको उद्घाटन गरिन् ।

 

कार्यक्रममा उपप्रमुख खड्काले ग्रामीण पर्यटनको विकास र प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले नगरपालिकाले होमस्टे सुरु गर्न विभिन्न तालिम तथा सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिइन् ।

 

ओझेल परेका पर्यटकीय गन्तव्यको उजागर गर्दै स्थानीय जातजातिको संस्कार, संस्कृति, रीतिरिवाज, भेषभूषा, खानपान आदिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन होमस्टेले सहयोग पु¥याउने उनको विश्वास छ ।

 

भालुखोप सामुदायिक होमस्टेमा तामाङ सांस्कृतिक नाच, भेषभूषा, अर्गानिक खाना आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुकलगायत स्थानीय पर्यटकीय स्थल ताराखसे पोखरी, गणेशटार मन्दिर, भालुखोप भ्युटावर, विभिन्न गुम्बा अवलोकन गर्न सकिन्छ ।