close

पुरानो बसपार्कका ११२ पसलमा महानगरको ताला

पुरानो बसपार्कका ११२ पसलमा महानगरको ताला

Trulli
ADVERTISEMENT

काठमाडौं- लामो समयदेखि सम्झौताबिनै सञ्चालन भइरहेका पुरानो बसपार्क नजिकै राष्ट्रिय सभागृहसँग जोडिएको सिटी मार्केटका ११२ वटा पसललाई काठमाडौं महानगरपालिकाले सिलबन्दी गरेको छ । 


काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले लामो समयदेखि बिनासम्झौता सञ्चालन गरिरहेको र पटकपटक ताकेता गर्दा पनि बेवास्ता गरेपछि सिलबन्दी गरिएको जानकारी दिए ।


लामो समयदेखि सम्झौता पनि नभएको अवस्थामा हामीले अब त्यहाँ मार्केट नचलाउने गरी हाललाई बन्द गरेका हौँ,’ ज्ञवालीले भने, अब त्यसलाई भत्काएर सभागृहकै एउटा भागका रूपमा व्यवस्थित गर्छौं ।’


काठमाडौं महानगरका राजस्व विभाग प्रमुख डा. शिव अधिकारीले पनि सिटी मार्केटमा व्यवसाय गर्नेले २०७६ चैतसम्म व्यवसायीको संघमार्फत केही बहाल बुझाए पनि त्यसपछि नबुझाएको र पटकपटक ताकेता गर्दा पनि बेवास्ता गरेपछि सिलबन्दी गर्न बाध्य भएको बताए ।


उनले काठमाडौं महानगरपालिकाको खरिद विभागले आय ठेक्कामा लगाउने गरी सार्वजनिक सूचना प्रकाशित गर्दासमेत कुनै प्रस्ताव पेस नभएको जानकारी दिए ।


महाननगर प्रहरी प्रमुख धनपति सापकोटाले पनि व्यापारीलाई पटकपटक सूचना दिँदा पनि नहटाएपछि बिहीबार प्रहरी र नगर प्रहरीले सिल गरेको बताए । पलस सिल गर्ने क्रममा व्यापारीले बिनासूचना हटाएको भन्दै होहल्ला गरेका थिए । 


प्रहरीले माइकिङ गर्दा पनि नहटेका व्यापारीमध्ये केहीलाई प्रहरीले पक्राउ गरेको थियो ।