close

‘विद्यालय बन्द गर्ने जिम्मा स्थानीय तहलाई देऊ’

‘विद्यालय बन्द गर्ने जिम्मा स्थानीय तहलाई देऊ’

Trulli
ADVERTISEMENT

काठमाडौं– गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल    र नेपाल नगरपालिका संघले कोरोना महामारी फैलँदो अवस्थामा रहेकाले विद्यालय सञ्चालनमा स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् ।

 

स्वास्थ्य मन्त्रालयले समेत विद्यालयमा शिक्षालाई निरन्तरता दिन स्वास्थ्य सुरक्षा मापदण्डमा कडाइ गर्न सार्वजनिक आह्वान गरिसकेकाले यसप्रति ध्यान दिन दुवै संस्थाले शैक्षिक संस्थाहरूलाई अनुरोध गरेका छन् ।

 

महामारीबाट समुदाय र विद्यालयलाई सुरक्षित गर्दै सिकाइलाई निरन्तरता दिने प्रमुख दायित्व स्थानीय सरकारको नै भएकाले माध्यमिक शिक्षासम्मको समग्र व्यवस्थापन तथा सञ्चालनको मुख्य दायित्व पनि उनीहरूकै हुने हुँदा आ–आफ्ना क्षेत्रमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

 

विद्यालय सुचारु वा बन्द गर्ने भन्ने विषयमा आ–आफ्ना पालिकाको जोखिमको अवस्था विश्लेषण र सरोकारवालासँगको परामर्शको आधारमा स्वयं गाउँपालिका÷नगरपालिकाले आवश्यक निर्णय लिन उनीहरूको आग्रह छ । 


नेपाल सरकार र सम्बन्धित निकायले संवेदनशील क्षेत्र भनि घोषणा गरेका जिल्लाका गाउँपालिका/नगरपालिकाहरूले साविकअनुसार विद्यालय सञ्चालन गर्न सकिने वा नसकिने सम्बन्धमा सरोकारवालासँगको परामर्शमा आवश्यक निर्णय लिन सुझाइएको छ ।

 

विद्यालय सञ्चालन गर्ने परिस्थिति नदेखिए सिकाइका वैकल्पिक विधि प्रयोग गरी सिकाइ प्रक्रियालाई निरन्तरता दुवै संस्थाले नगरपालिका, गाउँपालिकालाई आग्रह गरेका छन् ।

 

संविधानतः सरुवा रोग नियन्त्रणको जिम्मेवारी संघीय सरकारको रहे पनि विगतमा स्थानीय सरकारले कोरोना नियन्त्रणमा खेलेको भूमिका अविष्मरणीय रहेको उनीहरूले उल्लेख गरेका छन् । 

 

अतः आधारभूत तथा माध्यमिक शिक्षा महत्त्वपूर्ण पक्ष हुँदाहुँदै पनि नागरिकको स्वास्थ्य गम्भीर विषय भएकाले महामारीबाट समुदायलाई सुरक्षित राख्न विगतको सिकाइका आधारमा पूर्वतयारी र प्रभावकारी कार्यान्वयनमा क्रियाशील हुन उनीहरूको सुझाव छ ।