close

सैनामैनाका किसानलाई अनुदानमा चापाकटर 

सैनामैनाका किसानलाई अनुदानमा चापाकटर 

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको सैनामैना नगरपालिकाले पशुपालक किसानलाई अनुदानमा ४२ थान घाँस, पराल काट्ने विद्युतीय चापाकटर मेसिन वितरण गरेको छ ।

 

नगरपालिकाको पशु विकास शाखामार्फत नगरका ११ वटै वडाका व्यावसायिक किसानलाई उक्त मेसिन प्रदान गरिएको हो । 

 

शुक्रबार नगरपालिका कार्यालय परिसरमा आयोजित कार्यक्रमा किसानलाई उक्त मेसिन प्रदान गरिएको हो ।

 

कार्यक्रममा सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले नगरले किसानको पक्षमा विस्तृत योजना निर्माण गरी काम गर्दै आएको बताए । वितरण गरिएका मेसिनले किसानलाई पशुपालनमा सहज हुने उनको विश्वास छ । 

 

सैनामैना, मासु, अन्डा र दूधमा आत्मनिर्भर बनेको जानकारी दिदै किसानको उत्पादन बिक्रीका लागि नयाँ हाटबजार निर्माण गरी सञ्चालनको तयारी गरिएको उनले जानकारी दिए ।

 

चिस्यान केन्द्रसमेत निर्माण सम्पन्न हुने प्रक्रियामा रहेकाले यसबाट किसानलाई थप सहज हुने उनले बताए । 

 

नगरपालिकाको पशु विकास शाखाप्रमुख इन्द्रबहादुर खड्काले प्रतिचापाकटर ४० हजार रुपैयाँमा खरिद गरी किसानको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत लगानी रहेको जनाए ।

 

नगरपालिकाले व्यावसायिक किसानका लागि अनुदानमा घाँसको बिउ वितरणदेखि लिएर यान्त्रिकीकरणमा समेत सहयोग गर्दै आएको बताए ।

 

कार्यक्रममा सैनामैना वडा नम्बर ११ का वडाध्यक्ष सुनील मरासिनी, गाउँनगर कृषक सञ्जाल समितिका संयोजक शेरबहादुर क्षेत्री, नगर उपप्रमुख बिना रानालगायतले आ-आफ्नो मन्तव्य राखेका थिए ।