close

कैलालीको जोशीपुर जिल्लामै पहिलो साक्षर पालिका 

कैलालीको जोशीपुर जिल्लामै पहिलो साक्षर पालिका 

Trulli
ADVERTISEMENT

कैलाली- कैलालीको जोशीपुर गाउँपालिका जिल्लाकै पहिलो साक्षर पालिका बनेको छ । जिल्लाको १३ वटा स्थानीय तहमध्ये जोशीपुर गाउँपालिका पहिलो पालिका घोषणा बनेको हो ।

 

गाउँपालिकामा रहेका १०० प्रतिशत बढी जनसंख्या साक्षर घोषणाको सूचक पूरा गर्ने अवस्थामा पुगेपछि घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

 

१५ देखि ६० उमेर समूहभित्रका १०० प्रतिशत साक्षरता दर पुगेपछि साक्षर गाउँपालिका घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत कमलराज उपाध्यायले जानकारी दिए ।

 

तत्कालीन जिल्ला शिक्षा कार्यालयले २०६७ मा बौनिया र जोशीपुर गाविसमा घरधुरी सर्वेक्षण गरेको थियो । घरधुरी सर्वेक्षण गर्दा ८ हजार ७ सय ६९ जना निरक्षर रहेको कार्यालयले तथ्यांक निकालेको थियो ।

 

त्यसपछि कार्यालयले सबै जनालाई साक्षर बनाउन ३ वर्ष बढी प्रौढ कक्षा सञ्चालन गरेको थियो ।

 

प्रौढ कक्षा सञ्चालनपछि पुनः २०७१ मा जिल्ला शिक्षा कार्यालयले घरधुरी सर्वेक्षण गर्दा ८ हजार ७ सय ६९ जना मानिस साक्षर भएको तथ्यांक निकालेको थियो ।

 

तत्कालीन साविक गाविस हुँदा साक्षर घोषणा हुनुपर्ने काम संघीय संरचना फेरबदल भएपछि घोषणा गर्न सकिएको थिएन । शिक्षा कार्यालयले निकालेको तथ्यांकलाई आधार मानेर जोशीपुर गाउँपालिकालाई साक्षर घोषणा गरिएको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख संग्रामसिंह धामीले बताए । पालिका साक्षर घोषणा गर्नुपूर्व वडा स्तरबाट तथ्यांक जुटाएर निर्णय लिइएको उनको भनाइ छ । 

 

‘यसअघि नै हुनुपर्ने काम प्राविधिक कारणले ढिलाइ भएको हो’, धामीले भने । सरकारको साक्षर नेपाल घोषण नीतिबमोजिम जोशीपुरलाई साक्षर गाउँपालिका घोषणा गरिएको पालिकाले जानकारी दिएको छ ।