close

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा झापाका ९५ सामुदायिक विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा झापाका ९५ सामुदायिक विद्यालय छनोट

Trulli
ADVERTISEMENT

झापा– शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि झापाका ९५ सामुदायिक विद्यालय छनोट गरेको छ । देशभरका ७ हजार २ सय ७८ सामुदायिक विद्यालय छनोटमा परेका छन् ।

 

झापाको अर्जुनधाराका वडा नम्बर ९ कनकाईका १०, गौरादहका १५, दमकका ३, बिर्तामोडका ३, भद्रपुरका १, मेचीनगरका ८, शिवसताक्षीका ६, कचनकवलका ४, कमलका ९, गौरीगञ्जका ३, झापा गाउँपालिकाका ५, बाह्रदशीका ६, बुद्धशान्तिका ९ र हल्दीबारीका ४ वटा विद्यालय सो कार्यक्रमका लागि छनोटमा परेका हुन् ।

 

बिर्तामोडको मोहनमाया मावि, शुक्रराज आधारभूत विद्यालय र सरस्वति मावि छनोटमा परेका छन् । जिल्लामा सबैभन्दा धेरै गौरादहमा १५ वटा र सबैभन्दा कम एउटा विद्यालय भद्रपुरको छनोटमा परेको छ ।

 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि विद्यालय छनौट गरी मापदण्डसमेत सार्वजनिक गरेको छ । छनोट भएका विद्यालय र कार्यक्रम सबै स्थानीय तह र विद्यालयले कार्यान्वयन गर्नुपर्नेछ ।

 

कार्यक्रममा छनोट भएका विद्यालय र कार्यक्रमका लागि संघीय सरकारले चाँडै सम्बन्धित स्थानीय तहमा रकम निकासा गर्ने शिक्षा विभागले जनाएको छ ।

 

छनोट भएका विद्यालयमा कक्षाकोठा निर्माण, खानेपानीसहितको शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, सिकाइ तथा विभिन्न प्राविधिक विषय समेटिएका छन् ।

 

छनोटमा परेका झापाका ९५ वटा विद्यालयमध्ये अर्जुनधाराको जनता मावि, लक्ष्मी मावि सिंहदेवी मावि, सिंहश्वरी प्रावि, सिंहवाहिनी प्रावि, भीमले आधारभूत विद्यालय, नवदुर्गा आधारभूत विद्यालय, शनिश्चरे मावि, प्राथमिक विद्यालय छन् ।