close

एउटै विधेयकमा छलफल नगरी अन्त्य भयो हिउँदे अधिवेशन 

एउटै विधेयकमा छलफल नगरी अन्त्य भयो हिउँदे अधिवेशन 

Trulli
ADVERTISEMENT

मोरङ- प्रदेश १ सभाको हिउँदे अधिवेशन एउटै विधेयकमा छलफल नगरी अन्त्य भएको छ । ७ माघदेखि सुरु भएको प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य भएको हो ।

 

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश १ का प्रदेश प्रमुख सोमानाथ प्यासीले आइतबार राती १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य हुने पत्र पठाएका थिए । 


विपक्षी दलहरूले चालू वर्षका लागि स्वीकृत कार्यक्रम सुचारु गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु गर्नुपर्नेलगायत माग राख्दै पछिल्ला बैठक अवरुद्ध गरिरहेका थिए । 


हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा हेर्ने गरिन्छ । तर, प्रदेश सरकारले कृषि अनुदानसम्बन्धी एउटा विधेयक प्रदेशसभा सचिवालयमा पेस गरे पनि प्रदेशसभामा प्रवेशै नगराई अधिवेशन अन्त्य भएको छ ।

 

हिउँदे अधिवेशनको चौथो बैठकमा पनि प्रतिपक्षले उठेर विरोध जनाएका थिए । बैठकको सुरुमै प्रतिपक्षले उठेर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन अन्त्यको पत्र पढेर सुनाएका थिए ।