close

गौमूल पालिका अध्यक्ष रोकायाको गंगालालमा उपचार हुँदै

गौमूल पालिका अध्यक्ष रोकायाको गंगालालमा उपचार हुँदै

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाको काठमाडौंस्थित गंगलाल राष्ट्रिय हृदय केन्द्रमा उपचार भइरहेको छ । उनलाई आइतवार बिहान धनगढीबाट सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडाैं लगिएको थियो ।

 

अध्यक्ष रोकायालाई काठमाडौमा पुर्‍याएर गंगालाल हृदय केन्द्रमा उपचार भइरहेको संघीय सांसद लालबहादुर थापाका स्वकीय सचिव सुरेश रोकायाले जानकारी दिए । 

 

शनिबार साँझ मौसम खराब भएका कारण हेलिकोप्टर नआउने भएपछि गाडीबाट उनलाई धनगढी लगिएको थियो । हेलिकोप्टरका लागि संघीय सासंद लालबहादुर थापा र जिल्ला प्रशासन कार्यालय बाजुराले पहल गरेका थिए ।
 
गौमूल गाउँपालिका वडा नम्बर २ तल्दुगन गाउँमा जनताका समस्या बुझ्न पुुगेका रोकाया अचानक बिरामी भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएको थियो ।

 

जिल्ला अस्पताल बाजुराका डा. शेरबहादुर साउदका अनुसार अध्यक्ष रोकायालाई छातीमा समस्या भएकाले थप उपचारका लागि काठमाडौं लैजान अस्पतालले रिफर गरेको हो ।


 
२ दिनदेखि छाती दुखेका अध्यक्ष रोकायालाई शनिबार खाना खाइसकेपछि रोगले च्यापेर मल्दुुगनबाट बोकेर अस्पताल ल्याइएको गाउँपालिकाले जनाएको छ । 

 

अस्पतालका चिकित्सकका अनुसार उनलाई रक्त सञ्चार र मुटुमा समस्या भएको छ । अध्यक्ष रोकाया मधुमेहबाट पनि ग्रसित छन् ।